• ON AIRकार्यक्रम खुल्ला मंच ( दीपक ओली )
  • UP NEXTपाथीभरा समाचार

चीनमा दक्षिणी भागमा तापक्रम घटेपछि गम्भीर मौसमी चेतावनी जारी

pathibharafm

बेइजिङ, ९ फागुन २०८० । चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि बुधबार गम्भीर मौसमी चेतावनी दिइएको छ । अधिकारीहरुले मुलुकको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् ।

यसले दक्षिणमा औसत तापक्रम शुक्रबार छदेखि १२ डिग्री सेल्सियससम्म घट्न सक्ने चेतावनी दिएको छ । राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी) ले केही क्षेत्रमा तापक्रम २० डिग्री सेल्सियसभन्दा धेरैले घट्नसक्ने सामाजिक सञ्जालमा बताएको छ ।

सरकारी समाचार समिति सिन्ह्वाले एनएमसीले स्थानीय सरकारहरूसँग चिसो मौसमप्रति सावधानी अपनाउन आह्वान गरेको, जनतालाई न्यानोमा बस्न सल्लाह दिएको र बाली र जलीय उत्पादनको सुरक्षाका लागि आवश्यक उपाय गर्न आग्रह गरेको बताएको छ । बुधबार तापक्रम शून्यको नजिक रहेको बेइजिङमा रातभर हिमपात भएको छ ।

मानिसहरुले बिहान उठ्दा राजधानी सेतो रङले ढाकिएको देखेका थिए । सहरका राजमार्गमा यातायात सुस्त भएको छ भने यात्री र साइकल चालकका लागि हिउँले भरिएका फुटपाथ जोखिमपूर्ण भएका छन् । नगरपालिकाका अधिकारीहरुले केही उपनगरीय क्षेत्रमा चार दशमलव एक सेन्टिमिटरसम्म हिमापात भएको बताएका छन् । उनीहरुले हिउँ परेका सडकमा चेतावनी जारी गरेका छन् ।

“आफ्नो भ्रमण कम गर्नुहोस्, सार्वजनिक बस र सबवेको प्रयोग गर्नुहोस् र आफ्ना कारहरुलाई विस्तारै चलाउनुहोस्, सुरक्षामा ध्यान दिनुहोस्”, सहर सरकारले मङ्गलबार साँझ अनलाइन विज्ञप्तिमा बासिन्दाहरुलाई सिफारिस गर्दै भनेको छ । रासस/एएफपी

 

प्रतिकृया दिनुहोस
pathibharafm

अत्यधिक गर्मीले साउदीको मक्कामा पाँच सय हजयात्रीको मृत्यु

काठमाडौ । साउदी अरबको मक्का मदिनामा हज गर्न गएका तीर्थयात्री मध्ये पाँच सय जनाको अत्यधिक गर्मी र तातो हावाका कारण मृत्यु भएको आधिकारिक रुपमा पुष्टि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ आज

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ राष्ट्रपति भवनमा शपथ लिँदै छन् । नेपालसहित पाँच छिमेकी तथा

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त

नया दिल्ली । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ । राष्ट्रपति द्रौपदी मुर्मुले हिजो बेलुका उहाँलाई