• ON AIRनेपाली बाल गीतहरु
  • UP NEXTन्यू हिन्दी फिल्मी गीत

नेप्से परिसूचक आज ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा कायम

pathibharafm

काठमाडौं, ९ फागुन २०८० । सेयर बजारले आजपनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। अघिल्लो कारोबार दिन मंगलबार १.७६ अंकले घटेको नेप्से परिसूचक आज ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन आइतबारद‍ेखि नेप्से निरन्तर ओरालो लागेको हो।

नेप्से घटेसँगै कारोबार रकम मंगलबारको तुलनामा घटेको छ। ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँमा खरिदबिक्री भए।

मंगलबार ३ अर्ब ११ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। सामान्य अंकले नेप्से घट्दा ४ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बोटलर्स नेपाल,हिमालया ऊर्जा विकास,समाज लघुवित्त वित्तीय र बोटलर्स नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसदिन पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ७.८४ प्रतिशतले घट्यो।

मनु एण्ड प्रोबाहेक अन्य उपसमूहको सूचक नकारात्मक देखिएका छन्। सो कम्पनीको सेयर २.८४ प्रतिशतले बढ्यो। कारोबारमा आएका कम्पनीमध्ये ८० वटाको मूल्य बढ्दा १५९ को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

 

प्रतिकृया दिनुहोस
pathibharafm

पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले वृद्धि

१७ असार,काठमाडौ ।नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति

pathibharafm

दमक नगरपालिकाको बजेट एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार

१० असार, दमक । झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगर सभाको १५ औ अधिवेशनमार्फत नगरपालिकाले नगरले

pathibharafm

पहाडी जिल्लालाई तराईसँग जोड्ने तमोर करिडोरमा कालोपत्र सुरु

२ असार,झापा । पूर्वी पहाडी जिल्लालाई तराईसँग तथा चीनको नाकासम्म जोड्ने सबैभन्दा छोटो सडकमार्ग तमोर करिडोरमा कालोपत्रे शुरु भएको छ ।१ सय ५५ किलोमीटर