• ON AIRपुनः श्रष्टा सम्मान(युवराज)
  • UP NEXTपाथीभरा स्थानीय समाचार

नेपाली कांग्रेस कोशी प्रदेशद्धारा कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ

pathibharafm


झापा /‘संगठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिका आधार र जलवायु परिवर्तनका प्रभाव पहिचान’ भन्ने मूल नारासहित नेपााली कांग्रेस कोशी प्रदेशले बुधवारबाट ‘कचनकवल–सगरमाथा जागरण अभियान’ शुरु गरेको छ ।
नेपालकै होचो भू–भाग कचनकवल स्तम्भबाट अभियानको शुरुवात भएको हो । अभियानको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, कोशी प्रदेश सभापति उद्धव थापाले सेतो परेवा संयुक्त रुपमा उडाएर गरेका हुन् । सात महिनासम्म सञ्चालन हुने अभियान सगरमाथामा पुगेर समापन गरिने नेपाली कांग्रेस कोशी प्रदेश सभापति थापाले बताए ।
कार्यक्रमको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका सिटौलाले संविधान संशोधन गर्नुअघि संविधान कार्यान्वयनका विषयमा कहाँ–कहाँ समस्या छन् त्यो विषयमा छलफल हुन जरुरी रहेको बताए ।
त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री शर्माले नेपाल र नेपालीको जीवन पद्धतिलाई बुझेर मात्रै संविधान संशोधन गरिने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैं २०८७मा संविधान संशोधन गर्ने भन्ने कुरा मान्न नसकिने बताउँदै उनले यस्तो बताएका हुन् । अभियानमामा सरिक कांग्रेस कार्यकर्तालाई गाउँ– गाउँ पुगेर संविधान संशोधनको भावना प्रवाह गर्न महामन्त्री शर्माले आग्रह गरे ।
कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्वे, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, वन तथा बातावरण मन्त्री ऐनबहादुर शाही, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेसहित नेपाली कांग्रेस कोशी प्रदेशका १४ वटै जिल्लाका सभापति तथा प्रतिनिधिले सम्बोधन गरेका थिए ।
प्रदेशसभा सदस्य तथा कोशी प्रदेशका राज्य मन्त्री भूमिप्रसाद राजवंशीले स्वागत गरेको कार्यक्रमको सहभागी बक्ताले संगठन सुदृढीकरण, पार्टीमा देखिएको गुट– उपगुटको अन्त्य, भ्रातृत्वको सहअस्तित्व स्थापित गर्दै पार्टीलाई थप मजबुत र चलायमान बनाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । जागरण अभियान प्रत्येक महिना दुई जिल्लामा उक्त जिल्लाको पहिचान र विशेषताका आधारमा सञ्चालन हुने र असार २० गते सगरमाथाको आधार शिविर सोलुखुम्बूको सल्लेरीमा समापन गरिने बताइएको छ ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

आज लोकतन्त्र दिवस 

११ बैसाख,झापा /आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली

pathibharafm

सङ्घीय संसद्को उद्योग, व्यापार र उपभोक्ता हित समितिद्वारा झापाका  सरोकारवालासँग छलफल

  २६ चैत्र झापा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग

pathibharafm

रास्वपा दमकको नया नेतृत्व चयन,सभापतिमा लामिछाने निर्बाचित 

२५ चैत्र दमक /राष्ट्रिय स्वतन्त्र पार्टी दमकको नयाँ नेतृत्व चयन भएको छ ।शनिबार सम्पन्न पहिलो नगर अधिबेशनको निर्बाचनबाट सभापतिमा तिर्थ दामिछाने