• ON AIRनेपाली फिल्म गीत
  • UP NEXTस्वर्णीम प्रभात (देब)

नेप्से परिसूचक आज ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा कायम

pathibharafm

काठमाडौं, ९ फागुन २०८० । सेयर बजारले आजपनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। अघिल्लो कारोबार दिन मंगलबार १.७६ अंकले घटेको नेप्से परिसूचक आज ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन आइतबारद‍ेखि नेप्से निरन्तर ओरालो लागेको हो।

नेप्से घटेसँगै कारोबार रकम मंगलबारको तुलनामा घटेको छ। ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँमा खरिदबिक्री भए।

मंगलबार ३ अर्ब ११ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। सामान्य अंकले नेप्से घट्दा ४ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बोटलर्स नेपाल,हिमालया ऊर्जा विकास,समाज लघुवित्त वित्तीय र बोटलर्स नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसदिन पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ७.८४ प्रतिशतले घट्यो।

मनु एण्ड प्रोबाहेक अन्य उपसमूहको सूचक नकारात्मक देखिएका छन्। सो कम्पनीको सेयर २.८४ प्रतिशतले बढ्यो। कारोबारमा आएका कम्पनीमध्ये ८० वटाको मूल्य बढ्दा १५९ को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।

 

प्रतिकृया दिनुहोस
pathibharafm

भद्रपुर राजस्व केन्द्रबाट लक्ष्यको सात दशमलव ५५ प्रतिषत राजस्व संकलन

४ भदौ,झापा ।आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको

pathibharafm

मेची सहकारीको बार्षिक प्रतिबेदन सार्बजनिक

२८ साउन,झापा । झापाको दमकमा मुख्य कार्यलय बनाएर सञ्चालनमा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले ३०औं वार्षिक साधारण सभामा पेस गर्ने वाषिक

pathibharafm

सुनको मूल्यमा सामान्य गिरावट

  १७ साउन,काठमाडौ ।सुनको भाउ उच्च मूल्यबाट तोलामा २ सय रुपैयाँ घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको भाउ हालसम्मकै उच्च तोलामा १ लाख ४९ हजार