• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

मेची सहकारीको बार्षिक प्रतिबेदन सार्बजनिक

pathibharafm


२८ साउन,झापा । झापाको दमकमा मुख्य कार्यलय बनाएर सञ्चालनमा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले ३०औं वार्षिक साधारण सभामा पेस गर्ने वाषिक प्रतिवेदन सार्वजनिक सार्बजनिक गरेको छ ।
आगामी भाद्र १२ गते गर्ने २८औं बार्षिकोत्सव तथा ३०औं वार्षिक साधारण सभामा प्रश्तुत गर्ने प्रतिवेदन दमकश्थित कार्यालय भवनमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
प्रतिबेदन सार्बजनिक गर्दै संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले मेची सहकारीले अहिले १२ ओटा शाखाबाट सेवा दिन सफल भएको जानकारी दिनुभयो ।
उनले संस्थाको गत आर्थिक बर्षको वार्षिक गतिविधि र आगामी कार्ययोजनाहरु सार्वजनिक गर्दै संस्थाले बाह्य कर्जा घटाउँदै लैजाने नीति लिएको उल्लेख गरे । भट्टराईले बाह्य कर्जाका कारण संस्थालाई पर्न सक्ने अप्ठ्यारोको महसुस गर्दै मेची सहकारीले उपभोक्तामैत्री नीति लिएर अघि बढिरहेको पनि बताउनुभयो ।
पछिल्लो पटक धेरै सहकारीकर्मी र सेवाग्राहीले दुःख पाएको र धेरै सहकारीमाथि प्रश्न उठिरहेको बेला मेची सहकारीले भने ३२ वटा निर्देशिका बनाएर संस्था र सेयर सदस्यको हितलाई मध्यनजर गर्दै काम गरिरहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।
यस्तै संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्थाको वित्तीय विवरण प्रस्तुत गर्दै ३ अर्व ८७ करोड माथिको मौज्दात रहेको जानकारी दिए । उनले ३७, १८,९०,४०० माथि मेची सहकारीको सेयर पूँजी रहेको पनि जानकारी गराउँदै यो वर्ष मौज्दात र सेयर सदस्य बढाएर लाने योजना रहेको जानकारी दिए ।
कार्यक्रममा सबै कर्मचारीको तलब १० प्रतिशत बृद्धि गरिएको बताइएको छ भने एक वडा एक घर, एक सदस्य र मुख्य कार्यालय रहेको दमक ६ मा एक घर एक सदस्यको योजना लिएर संस्था अघि बढ्ने बताइएको छ ।

संस्थाले यसअघि मेची आवासको पहिलो अभ्यास गरिसकेको र अब दोस्रो चरणमा मेची आवास २ सञ्चालनको योजना सेयर सदस्यमाझ प्रश्ताव गरेको छ । 
संस्थाका सचिव राजेन्द्र प्रसाद दाहालले सञ्चालन गरिएको कार्यक्रमको अध्यक्षता संस्थाका सदस्य नरपति पाण्डेले गरेका थिएभने वरिष्ठ उपाध्यक्ष पदम थापाले स्वागत गरेका थिए । 

 

प्रतिकृया दिनुहोस
pathibharafm

उद्यम बिकास साकोसको १६ औ साधारणसभा सम्पन्न,एक दर्जन बढी सम्मानित

२९ भदौ,दमक ।दमकमा मुख्य कार्यलय रहेर सेवा प्रबाह गर्र्दैआएको उद्यम बिकास तथा ऋण सहकारी संस्था दमक झापाले  आफ्नो १६ औ बार्षिक साधारण सभा तथा म्याईनुट

pathibharafm

स्वर्णलक्ष्मी सहकारीको १५ औ बार्षिक साधारणसभा सम्पन्न

२७ भदौ,दमक ।झापाको दमकमा मुख्य कार्यलय रहेर सेवा प्रबाह गरिरहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा सम्पन्न

pathibharafm

भद्रपुर राजस्व केन्द्रबाट लक्ष्यको सात दशमलव ५५ प्रतिषत राजस्व संकलन

४ भदौ,झापा ।आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको