• ON AIRस्वर्णीम प्रभात (देब)
  • UP NEXTनेपाल खवर

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम

बुटवल, १० फागुन २०८० । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सो अस्पताल तेस्रोपटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्युनतम सेवा मापदण्ड मूल्यांकन समितिले जनाएको छ ।

न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले यो वर्ष ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ८० प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा।सुदर्शन थापाले रातोपाटीलाई बताए ।

लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्वेक्षण पश्चात दुई दिनसम्म बुटवलमा अयोजना गरेको मूल्याङ्कन तथा समीक्षा गोष्ठीमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो ।

मूल्याङ्कन समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इनिस्टिच्युट काठमाडौँ रहेको थियो । लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्युठान, स्याङ्जा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुबाट उपचारका लागि बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।

 

प्रतिकृया दिनुहोस
pathibharafm

डेङ्गी संक्रमितको संख्या छ हजार नाघ्यो

१९ भदौ, झापा । देशभरि डेङ्गीका बिरामीको सङ्ख्या छ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको

pathibharafm

डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु

२२ साउन,काठमाडौ ।लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग

न्यूरोेले सञ्चालनमा ल्यायो अत्यधिक क्षमताको सिटी स्क्यान मेसिन

११ साउन,दमक ।मोरङको बिराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसिलेटी हस्पिटलले नेपाललमै पहिलो पटक एआई पावर्ड १२८ क्षमताको नया सिटी स्क्यान