• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु

pathibharafm


२२ साउन,काठमाडौ ।लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका अनुसार यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो ।

७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । सबैभन्दा बढी सङ्क्रमित काठमाडौंमा छन् । काठमाडौं जिल्लामा मात्र २ सय ८७ जनामा संक्रमण देखिएको छ ।

काठमाडौँ उपत्यकाका ३ सय ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका २८७, भक्तपुरका ४२ र ललितपुरका ३१ जनामा डेंगु पुष्टि भएको हो । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु फैलिएको छ । देशभर २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये तीन सय ६० जना काठमाडौँ उपत्यकामा फेला परेका हुन् । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् ।

देशभर ७७ मध्ये चार जिल्ला मात्र डेंगुबाट सुरक्षित छन् । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको इडीसीडीले जनाइएको छ ।

प्रतिकृया दिनुहोस
pathibharafm

डेङ्गी संक्रमितको संख्या छ हजार नाघ्यो

१९ भदौ, झापा । देशभरि डेङ्गीका बिरामीको सङ्ख्या छ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको

न्यूरोेले सञ्चालनमा ल्यायो अत्यधिक क्षमताको सिटी स्क्यान मेसिन

११ साउन,दमक ।मोरङको बिराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसिलेटी हस्पिटलले नेपाललमै पहिलो पटक एआई पावर्ड १२८ क्षमताको नया सिटी स्क्यान

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम

बुटवल, १० फागुन २०८० । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको