• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

भोलीदेखि हुने याक्थुङ साम्लो महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा 

pathibharafm

दमक — फक्ताङलुङ सांस्कृतिक मञ्चको आयोजनामा भोलिदेखि दमकको पशुहाटमा  हुनगईरहेको याक्थुङ साम्लो महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ ।
दमकको पशुहाटमा आज पत्रकार सम्मेलन गरि महोत्सबको सम्पूर्ण तयारी पूरा भएको मञ्चका अध्यक्ष पूर्ण कुमार शेर्मा यादनले बताउनु भयो ।
१८ र १९ गते सञ्चालन हुने महोत्सबमा पहिलो दिन अर्थात भोली माङलाङ, केलाङका साथमा बिशाल ¥यालीले दमक परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।यस्तै साथमा लिम्बु समुदायको गीत र नृत्यका साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारको साथमा सांगितिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
यस्तै कार्यक्रमको अन्तिम दिन १९  गते याक्थुम साम्लोमा लोपोन्मुख रहेका याक्थुम साम्लोमा बिषयक पकार्यपत्र प्रश्तुत गरिनुका साथै साझ पुनः पालाम हाक्पारे ख्याली र धाननाचको साथमा राष्ट्रिय कलाकारको साथमा सांगितिक प्रश्तुति हुनेछ ।
महोत्सबमा मनु नेम्बाङ,दिपक लिम्बु,ताराप्रकाश लिम्बु,नोगेन लिम्बु रुक्सना लिम्बु लगायत दुई दर्जन भन्दा बढी याक्थुङ कलाकारहरुको प्रश्तुती रहने कार्यक्रम संयोजक बिक्रम वनेमले जानकारी दिनु भयो ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

दर्शकको मायाले मख्ख 'एञ्जिला'

१७ चैत्र दमक /नेपाली महिला फूटबल टोलिकी कप्तान ताथ गोलकिपर एञ्जिला तुम्बापो लिम्बुको जीबन संघर्षमा बनेको बायोपिक चलचित्र अञ्जिला अहिले देशभर

pathibharafm

शिबरात्रीमा झापामा कर्मा र कुटुम्बको धमाका हुने

  २२ माघ,कमल / इभेन्ट म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (ईमान) कोशी प्रदेशको आयोजनामा कर्मा लाईभ इन कन्सर्ट तथा कुटुम्ब सांगीतिक कार्यक्रम आयोजना

pathibharafm

राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेलको सम्मान

झापा, २९ माघ २०८० । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । राष्ट्रपति