• ON AIRस्वर्णीम प्रभात (देव तिम्सिना)
  • UP NEXTनेपाल खवर

आज रामनवमी, भगवान श्रीरामको पूजा आराधना गरी राम नवमी पर्व मनाइँदै

pathibharafm

काठमाडौँ

आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ ।

देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन् ।

काठमाडौँ उपत्यकाको बत्तीसपुतलीस्थित राम मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ। आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ भने रामगीता र रामायण पाठ पनि गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ राति जाग्राम बस्ने परम्परा पनि छ ।

धार्मिक शास्त्रअनुसार भगवान् श्ररिामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको कायम गरेका कारण उहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । राम राज्यका नामले परिचित भगवान् रामको राज्य न्यायका लागि नमूना मानिन्छ ।।

प्रतिकृया दिनुहोस
pathibharafm

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ, ५ वैशाख निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी  आचारसंहिताविपरीत सामाजिक सञ्जाल

pathibharafm

नयाँ वर्ष २०८१ आजबाट सुरु, शुभकामना आदानप्रदान गरी मनाइदै

काठमाडौं । आजबाट विक्रम संवत २०८१आरम्भ भएको छ । आज नयाँ सालको पहिलो दिन वैशाख १ गते नेपालमा नयाँ वर्ष मनाइदैंछ । वर्षको पहिलो दिनका अवसरमा आपसमा

pathibharafm

हात्तीपाइले रोगविरुद्धको औषधी सेवनमा हल्दिबारी गाउँपालिका जिल्लाकै उत्कृष्ट 

झापा, चैत्र २० हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा झापा जिल्लामा हल्दिबारी गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेबापत स्वास्थ्य