• ON AIRन्यू हिन्दी फिल्मी गीत
  • UP NEXTपाथीभरा समाचार

इलामको माङसेबुङ गाउँपालिकामा चारवटा सिँचाइ आयोजना शुरु

pathibharafm

 
फिक्कल, ९ फागुन २०८० ।
इलामको माङसेबुङ गाउँपालिकामा दुई करोड ३३ लाख ६७ हजार लागतको चारवटा सिँचाइ आयोजना शुरु भएको छ। माङसेबुङ१ का चार टोलमा शुरु भएको सिँचाइ आयोजनाको शिलान्यास गाउँपालिकाका अध्यक्ष हेमन्त राईले मंगलबार गरे।

गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ टोलमा एक सिचाँइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका–१ का वडाध्यक्ष भूपाल योङहाङले बताए। ९४ घरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेगरी स्थानीय लम्फेवा खोलाबाट दुईवटा, फुङखोलाबाट एक र फेवाखोलाबाट एक सिँचाइ कुलो निर्माण शुरु भएको हो । तोभाङमा९३ लाखको लागतमा लम्फेवा खोलाबाट निवाघारी र ५५ लाख ६८ हजार रुपैयाँ लागतमा सोही खोलाबाट लामपाते कुलो निर्माण शुरु भएको छ ।

यसैगरी, नाङरुङमा ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउँरो पाक्रुम्बा कुलो र खोलागाउँमा रु ४५ लाख ७८ हजारको लागतमा फेवाखोलाबाट बाह्रमुरे कुलो निर्माण शुरु भएको वडाध्यक्ष योङहाङले बताए। ‘वर्षौँदेखि आकाशेपानी र परम्परागत कुलोबाट सिँचाइ गरिरहेका वडाका किसान सिँचाइ आयोजना सुरु भएपछि उत्साहित भएका छन्, समयमै आयोजना सम्पन्न गर्न तीव्रता दिइनेछ’, वडाध्यक्ष योङाहाङले भने, ‘आयोजना पूरा भएपछि यहाँका ९४ किसान परिवार प्रत्यक्ष लाभान्वित हुनेछन्।’

सिँचाइ योजनाका लागि स्वीस सरकारको ३० प्रतिशत, संघीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०–२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी छ। योजना आगामी असार २० गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको छ।

गतवर्ष यही वडामा रु दुई करोड १४ लाखको लागतमा चारवटा सिँचाइ कुलो निर्माण सम्पन्न भएका छन्। पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलमा निर्मित सिँचाइ कुलोबाट १३७ किसान लाभान्वित भएका छन्।

सिँचाइ सुविधा पुगेपछि धान उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ। कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्क अनुसार यो वर्ष १४ हजार ८१० हेक्टर क्षेत्रमा धानखेती गरिएको थियो । इलाममा रञ्जित, राधा चार, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ।रासस

 

प्रतिकृया दिनुहोस
pathibharafm

कोशी प्रदेशको १४ प्रतिशत भूभागमा रोपियो धान

१२ असार,झापा । अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७२ हेक्टर जमिनमा धान

pathibharafm

कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोडको बजेट (पूर्णपाठ )

१ असार,झापा । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि ३५ अर्ब २७ करोडको बजेट ल्याएको छ । शनिबार आर्थिक मामिला तथा योजना मन्त्री

pathibharafm

कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । बिहीबारको प्रदेशसभा बैठकबाट