• ON AIRकार्यक्रम खुल्ला मंच ( दीपक ओली )
  • UP NEXTपाथीभरा समाचार

नक्कली नोटसहित रंगेलीबाट एक महिला पक्राउ

pathibharafm


झापा ।
प्रहरीले नक्कली नोटसहित मोरङको रंगेली नगरपालिका–९ दोहमनाबाट एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले सुनवर्षी नगरपालिका–५ टकुवाकी ४० वर्षीया कुरेसा खातुनलाई पक्राउ गरेको हो ।

खातुनको साथबाट नेपाली ५०० दरका १८ वटा नक्कली नोट बरामद भएको छ । उनीसँगै रहेका अन्य २ जना पुरुष भने फरार भएका छन् ।

प्रहरीका अनुसार खातुनसहित पहिचान नखुलेका २ जना पुरुष बोका किन्न भनेर बिहीबार दोहमना बजारमा आएका थिए । खातुन र मोटरसाइकलमा रहेका २ जना पुरुषले १२ हजारमा २ वटा बोका किने ।

उनीहरूले १ हजार दरका ३ वटा र ५०० दरका १८ वटा नोट दिएका थिए । बिक्री गर्नेले नोट नक्कली रहेको शंका गरेपछि मोटरसाइकलमा रहेका दुई जना पुरुष भागे ।

बोका लिएरै मोटरसाइकलमा २ जना पुरुष फरार भए पनि उनीहरूसँगै रहेकी खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार परीक्षण गराउँदा फेला परेका ५०० दरका नोटहरू नक्कली रहेको र सबै नोटमा एउटै नम्बर उल्लेख छ । १ हजारको तीन वटा नोट भने सक्कली रहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस
pathibharafm

भद्रपुरका कृषकलाई विद्युतीय महसुलमा ५० प्रतिशत अनुदान

दमक । झापाको भद्रपुर नगरपालिकाले कृषिजन्य बाली उत्पादन गर्ने कृषकलाई विद्युतीय महसुलमा ५० प्रतिशत अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षको

pathibharafm

ईलामको चुलाचुलीमा विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध

झापा । ईलामको  चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ। गाउँ कार्यपालिकाको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो।

pathibharafm

झापा बाढीको उच्च जोखिममा,आवश्यक पूर्वतयारी गर्न आग्रह 

झापा । जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेकोे जिल्ला विपद् व्यवस्थापन समिति झापाले