• ON AIRपाथीभरा स्थानीय समाचार
  • UP NEXTबाल बाटिका (सुस्मीता)

झापा कारकागारमा एक कैदीको मृत्यु

pathibharafm


९ बैसाख,झापा ।

झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ ।
इलाम माङ्सेबुङ गाउँपालिका–४ का स्थायी बासिन्दा विश्वकर्मालाई घाँटीको क्यान्सरको लक्षण देखिएको थियो।
सोमबार अपराह्न उनलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।मृतकका आफन्तहरूलाई घटनाबारे सूचित गरिएको छ भने घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको कारागार प्रशासनले जनाएको छ।

प्रतिकृया दिनुहोस
pathibharafm

गौरादहमा १५ शैयाको नगर अस्पतालको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास 

    ३१ चैत्र गौरादह । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन्। गौरादह १ चैतु चोक पुर्वमा निर्माणाधिन

pathibharafm

चट्याङ लागेर एकको मृत्यु

  २७ चैत्र झापा /झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ ।घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय

pathibharafm

धरानको खानेपानी समस्या समाधानमा प्रधामन्त्रीको चासो  

२६ चैत्र, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा