आज देशका बिभिन्न स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह
झापा ।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका बाँकी भागका एक(दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
झापा ।
आगामी २४ घण्टामा देशका कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत मुलुकका बाँकी पहाडी भागका केही स्थानका साथै बाँकी तराईका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान विभागले गरेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

दमकमा खाद्य /दाना सम्बन्धी नयाँ मापदण्डबारे अन्तरक्रिया सम्पन्न
१६ बैसाख,दमक ।झापाको दमकमा खाद्य /दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि

शिक्षक अन्दोलन — झापाका १५ वटै पालिकामा विरोध र्याली र प्रर्दशन
झापा /शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन

झापा कारकागारमा एक कैदीको मृत्यु
९ बैसाख,झापा । झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । इलाम
प्रतिकृया दिनुहोस