• ON AIRन्यू हिन्दी फिल्मी गीत
  • UP NEXTनेपाली कभर गीत

आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै


झापा ।
सरकारको आगामी आर्थिक वर्ष २०८१(८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।   सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।

प्रतिकृया दिनुहोस
pathibharafm

बाढी-पहिरो अपडेट : २ सय १७ को मृत्यु,२८ जना वेपत्ता

१५ असोज,झापा ।केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक

pathibharafm

प्रकोपबाट ज्यान गुमाउनेको संख्या १७० पुग्यो

१४ भदौ,झापा ।अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाएकाको संख्या १ सय ७० पुगेको छ । विपद्मा परेर कम्तीमा ४२ जना हराइरहेका छन् । बाढीपहिरोले

pathibharafm

आज जितिया पर्व मनाईदै

९ भदौ, दमक।तराई क्षेत्रका महिलाहरुले तीन दिनसम्म मनाउने जितिया पर्व आज धुमधामका साथ मनाईरहेका छन् । तीन दिनमध्ये आज मुख्य दिन हो । यो पर्व आश्विन