• ON AIRनेपाली आधुनिक गीत
  • UP NEXTहिन्दी कभर गीत

ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका दीपक मनाङे कारागार चलान

pathibharafm


२७ कार्तिक,काठमाडौ ।ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङ कारागार चलान भएका छन् । 
काठमाडौंमा पक्राउ परेका मनाङेलाई जिल्ला अदालतमा उपस्थित गराएर डिल्लीबजार कारागार लगिएको हो ।
ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालत पाटनद्वारा दोषी ठहर भएका मनाङेलाई ५ वर्ष कैद गर्ने फैसलालाई सर्वोच्च अदालतले कार्तिक २० गते सदर गरेसँगै मनाङे  पक्राउ परेका हुन् ।
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र टेकनारायण ढुंगानाको संयुक्त इजलासले गण्डकी प्रदेशका सांसद एवं पूर्व मन्त्री दिपक मनाङेलाई दोषी ठहर गरेको हो । पाटन उच्च अदालतले ज्यान मार्ने मुद्दामा दोषी ठहर गर्दै ५ वर्षको कैद सजाय सुनाएको थियो । त्यसकाविरुद्ध सर्वोच्च अदालत पुगेका सांसद मनाङेविरुद्ध उच्च अदालतको फैसला मिलेको भन्दै सर्वोच्चले ५ वर्ष कैदलाई नै सदर गरेको हो ।
२०६१ सालमा चक्रे मिलनमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद सुनाएकोमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ मा ५ वर्ष कैदको फैसला गरेको थियो । उक्त मुद्दामा सर्वोच्चका तत्कालीन न्यायाधीशश दीपकराज जोशी र पुरुषोत्तम भण्डारिको संयुक्त इजलासले २०७४ मै पुनरावेदन अदालत पाटको फैसला सदर गरेको थियो । सांसद मनाङेले त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन दायर गरेका थिए ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। बिहीबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिइँदैछ। मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा

pathibharafm

बाढी-पहिरो अपडेट : २ सय १७ को मृत्यु,२८ जना वेपत्ता

१५ असोज,झापा ।केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक

pathibharafm

प्रकोपबाट ज्यान गुमाउनेको संख्या १७० पुग्यो

१४ भदौ,झापा ।अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाएकाको संख्या १ सय ७० पुगेको छ । विपद्मा परेर कम्तीमा ४२ जना हराइरहेका छन् । बाढीपहिरोले