• ON AIRन्यू हिन्दी फिल्मी गीत
  • UP NEXTनेपाली कभर गीत

पाथीभरा केबलकारविरुद्ध सङ्घर्षरत पक्षद्वारा यातायात बन्दको आह्वान


झापा ।
ताप्लेजुङमा निर्माण गरिने पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको समूहले बुधबार र बिहीबार दुई दिने यातायात बन्दको आह्वान गरेको छ । आफ्नो माग विपरीत क्रियाकलाप सुरु गरिएकोभन्दै सङ्घर्षरत समूहले मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ जिल्लामा यातायात बन्द आह्वान गरेको हो ।
स्थानीय जनताको माग र भावना विपरीत केबलकार निर्माण गर्न लागिएको भन्दै सुरुदेखि नै परियोजनाविरुद्ध सङ्घर्ष हुँदै आएको छ । सोमबारदेखि भने परियोजनास्थलमा रुख कटान सुरु भएपछि सङ्घर्षरत समूह थप आन्दोलित बनेको र सो समूहले दुईदिने यातायात बन्दको आह्वान गरेको हो ।
पवित्र आस्थाको केन्द्र तथा आध्यात्मिक पाथीभरा ९मुक्कुमलुङ० युमामाङ देवस्थलमा केबलबार निर्माण गर्न लागिएकोभन्दै उक्त समूहरुले चर्को विरोध गर्दै आएका छन् । ऐतिहासिक पवित्र धार्मिकस्थलको संरक्षण गर्न आन्दोलन गर्दै आएको पक्षको मागविपरीत बहुमूल्य जडीबुटी, राष्ट्रिय फूल लालीगुराससहितका उपोन्मुख वनस्पतिहरु डकैत शैलीमा आधारातदेखि कटान गरिएको सङ्घर्षरत समूहले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
पाथीभरामा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका चन्द्र ढकाल नेतृत्वको पाथीभरा ९मुक्कुमलुङ० दर्शन केबलकार प्रालिले केबलकार निर्माण गर्न लागेको हो । पाथीभरामा केबलकार परियोजना सञ्चालन हुने भएपछि परियोजनाको पक्ष र विपक्षमा स्थानीय विभाजित हुँदै आएका छन् ।
झापामा सम्बन्ध बिच्छेदका मुद्धा बढे 

प्रतिकृया दिनुहोस
pathibharafm

दमकमा हाउजी खेलका लागि अनुमति नदिईने

झापा ।झापाको दमक नगरपालिकाले यस वर्ष मेला महोत्सव गर्नका लागि सिफारिस नदिने भएको छ । हाउजी, मिनि मेला, महोत्सव गर्नका लागि सिफारिस नदिने निर्णय गरेको

pathibharafm

ईलामको नाम्सालिङ सडक खण्ड मेची राजमार्गको बैकल्पिक मार्ग बन्दै

१९ असोज, ईलाम ।गत साताको पहिरोमा परेर मेची राजमार्गको मूख्य सडकखण्ड बन्द भएर यतायत अकरुद्ध हुदा यसको बैकल्पिक मार्गका रुपमा ईलाम तिल्केनी नाम्सालिङ्

pathibharafm

लागू औषधबिरुद्ध नया सचेतनाको अभिमूखिकरण

१६ असोज, दमक ।दमकमा लागू्र औषध औषध बिरुद्धको सचेतना सम्बन्धी एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । दमक नगरपालिकाको सहयोग तथा नया सचेतना समुहको