• ON AIRनेशनल गीत
  • UP NEXTपाथीभरा समाचार

सहकारी प्रकणमा संसदीय छानबिन समितिको कार्यादेशमा दलहरुबीच सहमति

pathibharafm


झापा ।
संसदको गतिरोध अन्त गर्नका लागि राजनैतिक सहमति निर्माण र संसदिय समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले  प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई उहाँको कार्यकक्ष सिंहदरबारमा प्रतिवेदन बुझाएको छ।

सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले छानविन समितिको टिओआरका सम्वन्धमा चार बुँदे सहमति गरि प्रधानमन्त्रीलाई उक्त प्रतिवेदन बुझाएको हो ।

समितिलाई सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने लगायतका ४ वटा जिम्मेवारी दिएको छ ।

अवसरमा कार्यदल संयोजक तथा कानुनमन्त्री  पदम गिरीले  प्रधानमन्त्रीको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपुर्ण नेतृत्वको कारण कार्यदलले सहि रूपमा काम गर्न सकेको बताउनु हुँदै जिम्मेवारी प्रदान गर्नु भएकोमा प्रधानमन्त्रीसहित नेतृत्वगणप्रति आभार प्रकट गर्नुभयो । प्रधानमन्त्रीले आफ्नो भुमिकालाई कुशलतापुर्वक पुरा गरेकोमा कार्यदल संयोजक सहित सबै सदस्यहरुलाई धन्यवाद दिनु भयो ।

प्रतिकृया दिनुहोस
pathibharafm

आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन मनाइँदै

काठमाडौं । भाद्र कृष्ण औँशीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाईंदैछ । पर्वमा

pathibharafm

आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन मनाइँदै

काठमाडौं । भाद्र कृष्ण औँशीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाईंदैछ । पर्वमा

pathibharafm

नेपालपनि मंकीपक्सको जोखिममा छ- स्वास्थ्य मन्त्रालय

काठमाडौँ । सरकारले नेपालपनि मंकीपक्सको जोखिममा रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गएको बर्ष नेपालमा एक ६० बर्षिय विदेशी