• ON AIR
  • UP NEXT

पहाडी जिल्लालाई तराईसँग जोड्ने तमोर करिडोरमा कालोपत्र सुरु

pathibharafm

२ असार,झापा । पूर्वी पहाडी जिल्लालाई तराईसँग तथा चीनको नाकासम्म जोड्ने सबैभन्दा छोटो सडकमार्ग तमोर करिडोरमा कालोपत्रे शुरु भएको छ ।१ सय ५५ किलोमीटर दूरीको उक्त सडकको धनकुटाको फलामेटार खण्डमा बुधबारदेखि कालोपत्र थालिएको हो ।

पाँचथरको गणेशचोक देखि धनकुटाको मूलघाट सम्मको १ सय १२ किलोमिटरमा गत वर्ष नै कालोपत्र कार्य थालिने तयारी गरिएकोमा बजेट निकासा नहुँदा उक्त काम रोकिएको थियो । पूर्वी पहाडी जिल्लाको आर्थिक रणनीतिक महत्त्वका रूपमा हेरिएको तमोर करिडोरमा चार अर्ब १६ करोडमा कालोपत्र गर्न ठेक्का सम्झौता भएको आयोजना प्रमुख प्रदीप निरौलाले जानकारी दिए । दुई प्याकेजमा रहेको ठेक्का सम्झौता अनुसार मूलघाटदेखि हाङठुवा ६६ किलोमिटरसम्म रौताहा क्षमादेवी जेभीले २ अर्ब ४० करोडमा र बाँकी खण्ड एफएक्स कम्पनीले १ अर्ब २४ करोडमा ठेक्का सम्झौता गरेका छन् ।

कालोपत्रको काम अघि बढिरहेको उक्त सडकमा मूलघाटदेखि पाँचथरसम्म यातायात साधन समेत सञ्चालन हुँदै आएका छन् । पूर्वी पहाड र संघीय राजधानी काठमाडौं तथा भारत र चीनसम्म यो सडकले सीधा सम्पर्क जोड्ने हुँदा महत्त्वका रूपमा लिइन्छ । २०८० कात्तिकमा कालोपत्रको तयारी गरिए पनि आवश्यक बजेट विनियोजन हुन नसक्दा राष्ट्रिय गौरवको आयोजनाको उक्त सडकमा कालोपत्र कार्य ढिलाइ भएको थियो ।

२०८२ साल कात्तिकसम्म समयसीमा रहेकोले द्रुत गतिमा कालोपत्रे कार्य अघि बढाइने आयोजना प्रमुख निरौलाको दाबी छ । उक्त कार्यका लागि हाल ३० करोड बजेट विनियोजन भएपछि कामलाई अघि बढाउन सहज भएको उनको भनाइ छ । ‘समयसीमाभित्र काम सक्ने हाम्रो योजना छ,’ उनले भने, ‘केही ठाउँमा पहिलो चुनौती भए पनि अन्य प्राविधिक समस्या भने छैन ।’पहिलो खण्डमा चौबीसे गाउँपालिका–४ फलामेटारमा एक किलोमिटर दूरीसम्म कालोपत्र कार्य थालिएको कम्पनी रौता क्षमादेवी जेभीका अजन दाहालले बताए । उक्त स्थानमा काम सकिएपछि लगत्तै फलामेटार–सदामटार–मुर्कुटे–कुशेटारसम्मको पाँच किलोमीटर दूरीसम्म कालोपत्र गरिने छ ।

२०६५ सालदेखि थालनी गरिएको मूलघाटदेखि सुभाङसम्म ट्रयाक खोल्न ६ अर्ब १५ करोड १४ लाखमा ठेक्का सम्झौता भएको थियो । ४४ किलोमिटर सडकमा नाली निर्माणको कार्य समेत सकिएको आयोजनाका सूचना अधिकारी जयराम अधिकारीले बताए । ‘केही स्थानमा पहिरो चुनौती भए पनि त्यसको अध्ययन गरेर हामी कामलाई अघि बढाइरहेका छौं,’ उनले भने, ‘समयसीमाभित्र फिदिमसम्म कालोपत्रे कार्य सकिने हाम्रो योजना छ ।’ यस वर्षभित्र ८० र अर्को वर्ष बाँकी ३० किलोमिटरमा कालोपत्रे कार्य सकिने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस
pathibharafm

उद्यम बिकास साकोसको १६ औ साधारणसभा सम्पन्न,एक दर्जन बढी सम्मानित

२९ भदौ,दमक ।दमकमा मुख्य कार्यलय रहेर सेवा प्रबाह गर्र्दैआएको उद्यम बिकास तथा ऋण सहकारी संस्था दमक झापाले  आफ्नो १६ औ बार्षिक साधारण सभा तथा म्याईनुट

pathibharafm

स्वर्णलक्ष्मी सहकारीको १५ औ बार्षिक साधारणसभा सम्पन्न

२७ भदौ,दमक ।झापाको दमकमा मुख्य कार्यलय रहेर सेवा प्रबाह गरिरहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा सम्पन्न

pathibharafm

भद्रपुर राजस्व केन्द्रबाट लक्ष्यको सात दशमलव ५५ प्रतिषत राजस्व संकलन

४ भदौ,झापा ।आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको