• ON AIRपुराना बिभिन्न सदाबहार नेपाली गीतसंगीत
  • UP NEXT

पाथीभरा एफ.एम १९ औं वर्षमा प्रवेश

pathibharafm

 

दमक /झापा जिल्लाको गौरव र पहिचानको रुपमा स्थापित पाथीभरा एफएम १८ औं वर्ष पूरा गर्दै १९ औं वर्षमा प्रवेश गरेको छ। २०६३ सालमा १००० वाट क्षमतामा स्थापना भएको पाथीभरा एफएमले आफ्नो यात्राको यो लामो समय अवधिमा जिल्लाका जनताको आवाजलाई उजागर गर्दै, सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्दै आएको छ।
स्थानीय समुदायको माया र साथले प्रेरित एफएमले यस अवधिमा समाजको हितका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। समाज परिवर्तन र स्थानीय जनताको आवश्यकतामा आधारित रेडियो कार्यक्रमहरू प्रस्तुत गर्दै पाथीभरा एफएमले पत्रकारिता क्षेत्रलाई थप सशक्त र जिम्मेवार बनाउने प्रयास गरिरहेको छ।
१८ वर्षको सफल यात्राको अवसरमा एफ एम सञ्चालक समितीका अध्यक्ष बलराम पराजुलीले सबै शुभेच्छुक, श्रोता, विज्ञापनदाता र सहकर्मीहरूप्रति आभार व्यक्त गर्नुभएको छ ।
उहाँले पाथीभरा एफएम यस क्षेत्रको पहिचानको रूपमा स्थापित भई सामाजिक उत्तरदायित्वका साथ समाजलाई सकारात्मक दिशामा लैजाने काम गरेको र आगामी दिनमा हाम्रो प्रयास अझ प्रभावकारी प्रतिबद्धता समेत ब्यतm गर्नुभयो । १९ औं वर्षमा थप उत्कृष्टता, नविनता र समाजसेवाका लागि प्रतिबद्ध हुने एफएमको लक्ष्य रहेको छ।
“मेरो आवाज, मेरो रेडियो”  भन्ने नारालाई आत्मसात् गर्दै अघि बढिरहेको पाथीभरा एफएमले आगामी दिनमा पनि आफ्ना कार्यक्रमहरूमार्फत श्रोताहरूको साथलाई निरन्तर कायम राख्ने विश्वास व्यक्त गरेको छ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

प्रधानमन्त्री ओलीद्धारा दमक भ्यू टावरको उद्घाटन

२३ मंसिर,दमक ।प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गर्नुभएको छ । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको

pathibharafm

प्रधानमन्त्री ओलीद्धारा दमक भ्यू टावरको उद्घाटन

२३ मंसिर,दमक ।प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गर्नुभएको छ । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको

pathibharafm

टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु

०१ मंसिर झापा ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा टिपरको ठक्करबाट शनिबार दिउँसो दुई जनाको मृत्यु