• ON AIR
  • UP NEXT

बाढी र पहिरोले सङ्खुवासभाको मकालुमा २४ घर परिवार विस्थापित

pathibharafm


८ असार,झापा ।सङखुवासभाको मकालु गाउँपालिका अविरल बर्षासँगै आएको बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएका छन् । मकालु गाउँपालिका-२ सागसेवा र मुलगाउँमा बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएका हुन् ।

अविरल बर्षासँगै आएको बाढी र पहिरोले मकालु २ सागसेवा र मुलगाउँमा बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो ।

पहिरोको उच्च जोखिममा परेका २४ परिवार अहिले छिमेकी र आफन्तको घरमा सुरक्षित रुपले सारिएको प्रजिअ खड्काले बताउनुभयो । बाढी पहिरोले मानवीय क्षति भने भएको छैन ।

बाढी पहिरोबाट के कति क्षति भयो भन्ने विवरण संकलनको काम भइरहेका उहाँको भनाइ छ । एकसाता देखि लगातार परेको बर्षाले मकालु गाउँपालिका र भोटखोला गाउँपालिका जोड्ने पक्की पुल बगाएको छ ।

बाढी पहिरोले एकुवा खोलाको करिब ३० मिटर लामो पक्की पुल बाढीले बगाएको प्रजिअ खड्काले बताउनुभयो ।

प्रतिकृया दिनुहोस
pathibharafm

दमकमा खाद्य /दाना सम्बन्धी नयाँ मापदण्डबारे अन्तरक्रिया सम्पन्न

१६ बैसाख,दमक ।झापाको दमकमा खाद्य /दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि

pathibharafm

शिक्षक अन्दोलन — झापाका १५ वटै पालिकामा विरोध र्‍याली र प्रर्दशन

झापा /शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन

pathibharafm

झापा कारकागारमा एक कैदीको मृत्यु

९ बैसाख,झापा । झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । इलाम