• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

झापामा धारिलो हतियार प्रहार गरी वृद्धा महिलाको हत्या,एक युवक पक्राउ

pathibharafm

१२ असार,झापा ।झापाको भद्रपुरमा धारिलो हतियार सिक्कल प्रहार गरी एक वृद्धा महिलाको हत्या गरिएको छ । हत्या गर्ने भद्रपुर नगरपालिका(२ पृथ्वीनगरस्थित डिगाँउ निवासी अन्दाजी ४० वर्षीय राजेश तामाङलाई पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । शुक्रबार दिउँसो साढे ३ बजेको समयमा राजेशले सोही ठाउँका ७० वर्षीया गौरीमाया तामाङको घाँटीको दाहिने भागमा सिक्कल प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । वृद्धा गौरीमाया राजेशकै घरमा उनको दिदीसँग गफगाफ गरी बसिरहेका थिए । सोही बेला राजेशले उनीमाथि एक्कासि सिक्कल प्रहार गरेको स्थानीयले बताएका छन् । घटनाको कारण नखुलेपनि राजेशको मानसिक अवस्था ठिक नभएको स्थानीयको भनाई छ ।

प्रतिकृया दिनुहोस
pathibharafm

दमकमा खाद्य /दाना सम्बन्धी नयाँ मापदण्डबारे अन्तरक्रिया सम्पन्न

१६ बैसाख,दमक ।झापाको दमकमा खाद्य /दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि

pathibharafm

शिक्षक अन्दोलन — झापाका १५ वटै पालिकामा विरोध र्‍याली र प्रर्दशन

झापा /शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन

pathibharafm

झापा कारकागारमा एक कैदीको मृत्यु

९ बैसाख,झापा । झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । इलाम