• ON AIRपुराना नेपाली फिल्मी गीत
  • UP NEXT

मोरङमा ट्रिपरको ठक्करबाट स्कुटर सवार महिलाको मृत्यु,ट्रिपर चालक पक्राउ

pathibharafm


१८ असार, उर्लाबारी  ।मोरङको उर्लाबारीमा ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
उर्लाबारी–मधुमल्ला सडक खण्डअन्तर्गत उर्लाबारी नगरपालिका–६ सिलौलीमा टिपरको ठक्करबाट स्कुटर चालक उर्लाबारी–६ की  २७ वर्षीया सीता बोहोराको मृत्यु भएको हो।

बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई साँझ ६ ५० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।दुर्घटनामा स्कुट्को पछाडि सवार मृतकका छोरा  ९ वर्षीय प्रशान्त बोहोरा घाइते भएका छन्। उनको बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ४२ वर्षीय लालबहादुर लिम्बुलाई नियन्त्रणमा लिएको छ। चालकको लापरबाही र टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

प्रतिकृया दिनुहोस
pathibharafm

दमकमा खाद्य /दाना सम्बन्धी नयाँ मापदण्डबारे अन्तरक्रिया सम्पन्न

१६ बैसाख,दमक ।झापाको दमकमा खाद्य /दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि

pathibharafm

शिक्षक अन्दोलन — झापाका १५ वटै पालिकामा विरोध र्‍याली र प्रर्दशन

झापा /शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन

pathibharafm

झापा कारकागारमा एक कैदीको मृत्यु

९ बैसाख,झापा । झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । इलाम