• ON AIRधार्मीक भजनहरु
  • UP NEXTकायाकैरन

बङ्गलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार निर्माण

pathibharafm

ढाका । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् ।  राष्ट्रपति मोहम्मद शहाबुद्दीनले  विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि  युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूएजले समाचारमा उल्लेख गरेको छ । 
शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि बंगभवनमा भएको संयुक्त बैठकबाट युनुसलाई छनोट गर्ने सहमति गरेर नियुक्त गरिएको समाचारमा उल्लेख छ ।

राष्ट्रपतिका प्रेस सचिव जोनाल आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि टुङ्गो लाग्ने बताए ।

यसअघि युनुसको कार्यालयले आन्दोलनरत विद्यार्थीले अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको थियो ।

प्रतिकृया दिनुहोस
pathibharafm

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा ३९ उम्मेदवार मैदानमा

काठमाडौँ । सेप्टेम्बर २१ मा श्रीलंकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा कुल ३९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा वर्तमान

pathibharafm

युक्रेनको वायुसेनाले खसाल्यो रसियाको ५७ मध्ये ५३ ड्रोन

किभ, २७ साउन । युक्रेनको वायुसेनाले रसियाको ५३ डोन खसालेको दावी गरेको छ । रुसले गए राति युक्रेनमा गरेको आक्रमणको बारेमा केही अद्यावधिक तथ्याङ्क

pathibharafm

बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको शपथ

२५ साउन,काठमाडौ ।नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिनुभएको छ । उहाँका लागि अब प्रमुख