दमकमा भएको गौहत्याका चार अभियुक्त पक्राउ

२३ भदौ,दमक ।झापाको दमकमा भएको गौ हत्यामा संलग्न चारजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले दमक नगरपालिका वडा नं. २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेम बहादुर बिष्ट, दमक नगरपालिका वडा नं. ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर ए३–२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल, सोही क्याम्पको छाप्रो नम्बर ए ३– १२० मा बस्ने ३२ वर्षीय विधान थापा र दमक नगरपालिका वडा नं. ४ बस्ने ४५ वर्षीया गिता श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट घरेलु हतियारसमेत बरामद भएको छ । चार जना अभियुक्तलाई गौहत्या सम्वन्धी कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
भदौ १८ गते राति दमक नगरपालिका वडा नं. २ बस्ने लक्ष्मण बिष्टको वडा नं. १ स्थित पानीट्याङकीनजिक गोठमा बाँधिराखेको २ महिनाको गर्भेणी रहेको गाईलाई चोरी गरी गोठदेखि सय मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर उनीहरुले काटेका थिए । टाउकोमा बन्चरो प्रहार गरी मारेर खुट्टा ,करङ तथा घाँटीको मासु काटी अन्य शरीरको भाग घटनास्थलमा छोडेका थिए ।
उनीहरुमाथि पशुपंछीसम्बन्धी कसुरमा मुद्धा चलाउने जनाइएको छ ।

दमकमा खाद्य /दाना सम्बन्धी नयाँ मापदण्डबारे अन्तरक्रिया सम्पन्न
१६ बैसाख,दमक ।झापाको दमकमा खाद्य /दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि

शिक्षक अन्दोलन — झापाका १५ वटै पालिकामा विरोध र्याली र प्रर्दशन
झापा /शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन

झापा कारकागारमा एक कैदीको मृत्यु
९ बैसाख,झापा । झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । इलाम
प्रतिकृया दिनुहोस