• ON AIRनेपाली सदाबहार गीत
  • UP NEXTपाथीभरा समाचार

उद्यम बिकास साकोसको १६ औ साधारणसभा सम्पन्न,एक दर्जन बढी सम्मानित

pathibharafm


२९ भदौ,दमक ।दमकमा मुख्य कार्यलय रहेर सेवा प्रबाह गर्र्दैआएको उद्यम बिकास तथा ऋण सहकारी संस्था दमक झापाले  आफ्नो १६ औ बार्षिक साधारण सभा तथा म्याईनुट  प्रमाणीण कार्यक्रम सम्पन्न गरेको छ ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा जिल्ला सहकारी बचत तथा ऋण सहकारी संघक अध्यक्ष  तुलाराम न्यौपानेको बिशिष्ट आतिथ्यतामा १६ औ बार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी रामकुमार थापाले पछिल्ला समय सहकारीहरु समस्यामा परेको अवस्था छ,यसलाई चिरेर लैजान सस्थाका सञ्चालकहरुले बचतकर्ताको बचतलाई संरक्षण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । 
यस्तै बिशिष्ट अतिथी जिल्ला सहकारी बचत तथा ऋण सहकारी संघक अध्यक्ष तुलाराम न्यौपानेले देशमा २०४८ सालमा सहकारी ऐनअन्तर्गत सहकारी सस्थाहरु स्थापना भई देशलाई बिकासन्मुख बनाउन यो अभियान शुरु भएको बताउनु भयो।
सहकारीले बचत रकम उठाउने मात्र नभई पछिल्ला समय समाजमा सामाजिक जीबनस्तर उकास्नका लागि पुजी परिचालन,शसक्तिकरण,नेतृत्व बिकासमा समेत योगदान पु¥याएको बताउनुभयो ।
सहकारीका माध्यमबाट प्रत्यके बर्ष करौडौ राजस्व तिरेर राज्यलाई सहकारीले ठुलो योगदान पु¥याईरहेको बताउनुभयो ।
तर राज्यले सहकारीको योगदान बिर्सिएर अहिले सहकारीमा देखिएको समस्यामा मुकदर्सक भएर अभिभाबक बिहिन जस्तो बनाएको गुनासो गर्नुभयो ।
यस्तै सस्थाका शेयरसदस्य तथा संचालक समितीहरुको उपश्थितीमा भएको साधारणसभामा सस्थाकी अध्यक्ष चन्द्रकुमारी खड्काले १० करोड ५६ लाख,८५ हजार ५३९.९३ रुैयाको वालसात,रु १ करोड ३८ लाख ५५ हजार,६५० रुपैयाको शेयरपुजी,यस्तै ६ करोड ६१ हजार १८६.९३ रपैया बराबरको निक्षेप रहेको प्रतिबेदन सार्बजनिक गर्नुभएको थियो ।
यस्तै साधारणसभामा उत्कृष्ट दैनिक बचत गर्ने शेयरसदस्य,उत्कृष्ट कारोबारी कर्जा शेयरसदस्य,उत्कृष्ट उद्यमी,उत्कृष्ट नियमित मासिक बचतकर्ता,उत्कृष्ट मासिक बचतकर्ता,उत्कृष्ट बालबचतकर्तालाई रस्कार तथा सम्मान रेको थियो ।त्यस्तै ज्येष्ठ सदस्यहरु,एकल महिलालाई पनि सम्मान गरेको थियो ।
त्यसैगरी आ.ब २०८०÷८१ का उत्कृष्ट कर्मचारी २ जना,उत्कृष्ट संचालक समिती सदस्यबाट एकजना, र उत्कृष्ट उपसमिती सदस्यबाट एकजालाई पनि सम्मान गरेको थियो ।
यस्तै सामुदायीक बिद्यालय तर्फ शेयर सदस्यहरुको छोरा÷छोरी उत्कृष्ट अंक ल्याउने अन्जु काफ्लेलाई पनि नगद सहित सम्मान गरेको थियो ।


 

प्रतिकृया दिनुहोस
pathibharafm

दमकमा भएको गौहत्याका चार अभियुक्त पक्राउ

२३ भदौ,दमक ।झापाको दमकमा भएको गौ हत्यामा संलग्न चारजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले दमक नगरपालिका वडा नं. २ बेलडाँगीस्थित

pathibharafm

दमकको गौ हत्यामा संलग्न एक पक्राउ

झापा । झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजना पक्राउ परेका छन् ।   हाल दमक ५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका

pathibharafm

झापामा डेंगु संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु

२२ भदौ,झापा ।झापा बिर्तामोडमा डेंगु संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु भएको छ । बिर्तामोड – ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु संक्रमणबाट मृत्यु