• ON AIRनेपाल खबर
  • UP NEXTन्यू हिन्दी फिल्मी गीत

प्रकोपबाट ज्यान गुमाउनेको संख्या १७० पुग्यो

pathibharafm


१४ भदौ,झापा ।अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाएकाको संख्या १ सय ७० पुगेको छ । विपद्मा परेर कम्तीमा ४२ जना हराइरहेका छन् । बाढीपहिरोले ३ हजारभन्दा बढी घर क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक छ । 
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको आइतबार अबेरसम्मको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी धादिङमा ३८ जनाले ज्यान गुमाएका छन् । काभ्रेमा ३४, ललितपुरमा ३०, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १० र मकवानपुरमा ७ जनाको मृत्यु भएको छ । 
भक्तपुर, पाँचथर, दोलखा र सोलुखुम्बुमा ५÷५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २÷२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १÷१ जनाको मृत्यु भएको छ । 
बेपत्ताहरूको शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको कुल संख्या अझै बढी हुन सक्ने खोज तथा उद्धारमा खटिएका एक प्रहरी अधिकारीले बताए । विपद्मा परेर कम्तीमा ४२ जना हराइरहेका छन् । बेपत्ता भएकाहरूको खोजतलासमा सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले विपद्मा फसेका ३ हजार ६ सय ९५ जनाको सकुशल उद्धार गरेका छन् । उद्धार गरिएका मध्ये घाइते १ सय ११ जनाको विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
बाढीपहिरो र डुबान÷कटानका कारण विभिन्न जिल्लामा रहेका १४ वटा पक्की र झोलुंगे पुल बगेका छन् । गृह मन्त्रालयको प्रारम्भिक विवरणअनुसार ३ हजार २ सय ९९ घर र १८ गोठ क्षतिग्रस्त भएका छन् । बाढीपहिरोमा २ सय ७२ वटा पशु÷चौपाया मरेका छन् ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

बाढी-पहिरो अपडेट : २ सय १७ को मृत्यु,२८ जना वेपत्ता

१५ असोज,झापा ।केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक

pathibharafm

आज जितिया पर्व मनाईदै

९ भदौ, दमक।तराई क्षेत्रका महिलाहरुले तीन दिनसम्म मनाउने जितिया पर्व आज धुमधामका साथ मनाईरहेका छन् । तीन दिनमध्ये आज मुख्य दिन हो । यो पर्व आश्विन

pathibharafm

आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन मनाइँदै

काठमाडौं । भाद्र कृष्ण औँशीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाईंदैछ । पर्वमा