झापामा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा ।झापाको कमल गाउँपालिका –५ पाडाजुंगीस्थित सडकखण्डमा आज दिउँसो यात्रुवहाक बसको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ ।दुर्घटनामा मोरङ केराबारी ७ बस्ने अन्दाजी ५० बर्षका पदम मुकारुङ राई रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।
पश्चिमबाट पूर्व तर्फ जादैै गरेको प्रदेश १ –०१ –००१ (ख) ३४३५ नम्बरको यात्रुवहाक बसले सोहि दिशाबाट जादै गरेको को.१६ प. ५३२२ नम्बरको मोटरसाईकल ठक्कर दिदाँ निजको घटनास्थलमा नै ज्यान गएको थियो ।
दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि आगजनी गरेका छन्। आगजनीपछि राजमार्गमा ठूलो भिडमा स्थिती तनाबग्रस्त भई केहि समय राजमार्ग अबरुद्ध बनेको थियो ।तोडफाड र आगजनीबाट बसमा क्षति पुगेको प्रहरीको भनाई छ ।घटनाका विषयमा थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले बताए ।

दमकमा खाद्य /दाना सम्बन्धी नयाँ मापदण्डबारे अन्तरक्रिया सम्पन्न
१६ बैसाख,दमक ।झापाको दमकमा खाद्य /दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि

शिक्षक अन्दोलन — झापाका १५ वटै पालिकामा विरोध र्याली र प्रर्दशन
झापा /शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन

झापा कारकागारमा एक कैदीको मृत्यु
९ बैसाख,झापा । झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । इलाम
प्रतिकृया दिनुहोस