• ON AIR
  • UP NEXT

झापाको कचनकवलमा भएको आगलागीबाट ७० लाख बराबरको क्षति

pathibharafm

 

माघ ४, झापा ।झापाको कचनकवल–६ स्थित कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख बराबरको क्षति भएको छ ।
बनियानी बजारदेखि करिव ७ सय मिटर पश्चिम कमल बस्तीमा कमलप्रसाद खतिवडाको दुईतले १० कोठे घरमा आगलागी भएको हो । आगलागीबाट घर र घरभित्र रहेको नगद १ लाख, २५ तोला सुन, चाँदी ७५ तोला,२ थान एसी , २ थान स्मार्ट टेलिभिजन , अन्य सामग्री गरी ७० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ ७ ः३७ बजे पुजा कोठामा बालेको दियोबाट आगो सल्किन गई आगलागी भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, भद्रपुर , मेचीनगर र बिर्तामोड नगरपालिकाको बारुण यन्त्रको सहयोगमा राति १० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।


 

प्रतिकृया दिनुहोस
pathibharafm

दमकमा खाद्य /दाना सम्बन्धी नयाँ मापदण्डबारे अन्तरक्रिया सम्पन्न

१६ बैसाख,दमक ।झापाको दमकमा खाद्य /दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि

pathibharafm

शिक्षक अन्दोलन — झापाका १५ वटै पालिकामा विरोध र्‍याली र प्रर्दशन

झापा /शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन

pathibharafm

झापा कारकागारमा एक कैदीको मृत्यु

९ बैसाख,झापा । झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । इलाम