• ON AIRनेपाली आधुनिक गीत संगीत
  • UP NEXTविविसी नेपाली सेवा

दमकमा आदिवासी सांस्कृतिक महोत्सव हुने

pathibharafm

१४ चैत्र दमक /झापाको दमकमा यहि चैत २१ गतदेखि १५ दिने ‘आदिवासी सांस्कृतिक महोत्सव’ हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले आयोजना गरेको सो महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ ।
महासंघले महोत्सव सचिवालयमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको तयारीका बारेमा जानकारी दिएको हो ।
महासंघका नगर अध्यक्ष अम्बर बहादुर कुमालले दमक– ७ को सयपत्री टोलमा आयोजना हुने महोत्सवका सवै काम धमामध भईरहेको जानकारी दिए । महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्नुका साथैं एक करोड बढीको कारोवार हुने उहाँको अनुमान छ ।
महोत्सव सफल बनाउन महासंघ दमक नगर अध्यक्ष कुमालको संयोजकत्वमा मूल आयोजक समिति तथा एक दर्जन बढी विभिन्न उपसमितिहरु गठन गरिएको छ
महोत्सवमा जनजातिका खानापीन ,गरहगहना,लत्ताकपडासहित स्थानीय उत्पादनका बस्तुहरुको तीन दर्जन बढी व्यवसायिक स्टलहरु रहने छन् । महोत्सवलाई थप मनोरञ्जन प्रदान गर्न स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने छन् ।
महोत्सवबाट प्राप्त हुने आम्दानी महासंघले दमक –८ स्थित निर्माणाधिन आदिवासी संग्रहालय निर्माणकालागि खर्च गरिने अध्यक्ष कुमालले जानकारी दिनुभयो ।
महासंघको महोत्सव यो दोश्रो संस्करण हो । यसअघि २०६८ सालमा पहिलोपटक महोत्सव लगाएको थियो ।दमकमा १३ वर्षपछि महासंघले आदिवासी सांस्कृतिक महोत्सवलाई यसवर्ष निरन्त्रता दिएको उहाँको भनाई छ ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

गौरादहमा १५ शैयाको नगर अस्पतालको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास 

    ३१ चैत्र गौरादह । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन्। गौरादह १ चैतु चोक पुर्वमा निर्माणाधिन

pathibharafm

चट्याङ लागेर एकको मृत्यु

  २७ चैत्र झापा /झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ ।घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय

pathibharafm

धरानको खानेपानी समस्या समाधानमा प्रधामन्त्रीको चासो  

२६ चैत्र, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा