• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

सङ्घीय संसद्को उद्योग, व्यापार र उपभोक्ता हित समितिद्वारा झापाका  सरोकारवालासँग छलफल

pathibharafm

 

२६ चैत्र झापा ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरोकारवालाका सुझाव सङ्कलन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा हिजो आयोजित अन्तरक्रियामा समितिका सदस्य लालप्रसाद साँवा लिम्बू नेतृत्वको टोलीले उद्योग, व्यापार, श्रम, रोजगारी, उपभोक्ता अधिकारसँग सम्बन्धित विषयमा छलफल गरेको हो ।
छलफलमा चिया व्यवसायी आदित्य पराजुलीले नेपालबाट भारतर्फ चिया निर्यात गर्दा बारम्बार अवरोध उत्पन्न हुने गरेको गुनासो गर्नुभयो । उहाँले स्पष्ट, दीर्घकालीन र व्यापारमैत्री नीति नहँुदा व्यवसायमा कठिनाइ भएको बताउनुभयो । उपभोक्ता जागरण अभियन्ता शालिग्राम भट्टराईले सुपारी निर्यातमा रोक लगाउनु किसान र व्यावसायी दुवैका लागि लाभदायी नभएको बताउनुभयो । 
नारी सञ्चारगृहकी पूर्वअध्यक्ष सावित्रा दाहालले झापाका उद्योगहरू भारतीय श्रमिकमा निर्भर हुने अवस्थालाई कम गरी नेपाली श्रमिकलाई रोजगारीको अवसर दिनुपर्ने बताउनुभयो । उहाँले नेपाली श्रमिकलाई यहाँका उद्योगमा काम गर्ने वातावरण बनाउन समितिका सदस्यहरूलाई आग्रह गर्नुभयो । कार्यक्रमका सहभागीले बजार अनुगमन नियमित नहुनु उपभोक्ताका लागि समस्या भएको बताएका थिए । गुणस्तरहीन, म्याद नाघेका तथा अखाद्य वस्तु खुलेआम बिक्री वितरण भइरहेकाले उपभोक्ताको स्वास्थ्यमा खतरा रहेको उनीहरूको भनाइ थियो ।समितीले झापा, मोरङ, सुनसरी र उदयपुरमा अनुगमन गर्ने कार्यसूची रहेको बताइएको छ ।
झापा आएको पहिलो दिन सोमवार समितिले नेपाल आयल निगम चारआलीमा अनुगमन गरेको छ । ।त्यस्तै झापा ईनर्जीको अनुगमन गरेको थियो । चैत २८ गतेसम्म सो समितिले कोशी प्रदेशमा तीन दिनसम्म अनुगन गर्ने कार्यतालिका छ । सम्बन्धित मन्त्रालय, विभाग र अन्य निकायबाट सम्बादन भएको कामको अनुगमन तथा मुल्याङकन गरी आवश्यक निर्देशन दिने अधिकार समितिलाई छ । यसै क्रममा कोशी प्रदेशका उधोग तथा भन्सार कार्यालयहरुको अनुगनमन गरिने सांसद साँवाले जानकारी दिए ।समितिले अनुगमनपछि समस्या तथा त्यसका कारणहरुको पहिचान गरी समाधानका उपायहरु खोजी गर्ने जनाइएको छ । कार्यक्रममा प्राप्त सुझावप्रति गम्भीर ध्यानाकर्षण भएको समितिका सदस्य लिम्बूले बताउनुभयो । समितिका सदस्य सांसद लिम्बूसँगै, डोलप्रसाद अर्याल, कान्तिका सेजुवाल, रुक्मणी राना बराइली र सीता मिजारको उपस्थिति थियो ।

 

प्रतिकृया दिनुहोस
pathibharafm

रास्वपा दमकको नया नेतृत्व चयन,सभापतिमा लामिछाने निर्बाचित 

२५ चैत्र दमक /राष्ट्रिय स्वतन्त्र पार्टी दमकको नयाँ नेतृत्व चयन भएको छ ।शनिबार सम्पन्न पहिलो नगर अधिबेशनको निर्बाचनबाट सभापतिमा तिर्थ दामिछाने

pathibharafm

गुण र दोषका आधारमा सरकारलाई समर्थन–डा. कोइराला

बिर्तामोड/ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारबाहिर रहनेले गुण र दोषका आधारमा सरकारको समर्थन र खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाली

pathibharafm

माओवादी केन्द्रको तराई–मधेस जागरण अभियान सुरू

फागुन १२, झापा । नेकपा माअ‍ेबादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान शुरु भएको छ ।झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी