धरानको खानेपानी समस्या समाधानमा प्रधामन्त्रीको चासो

२६ चैत्र, झापा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराउनुभएको हो । खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन सङ्घीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगर प्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराउनुभएको थियो ।
सोमवार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा नगर प्रमुख साम्पाङले धरानको जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताए । उनले धरानको खानेपानी समस्याका बारेमा प्रधानमन्त्रीसँग भएको कुराकानी सकारात्मक भएको बताए।
उनले खानेपानी व्यवस्थापनका लागि करिव पाँच अर्ब लाग्ने र बजेटमार्फत स्रोत व्यवस्था गर्ने प्रधानमन्त्रीको आश्वासन पाएको बताए । प्रधानमन्त्रीको आश्वासनमा शंका गर्न नहुने तर बजेटले सम्बोधन नगरेसम्म विश्वास नलाग्ने उनको भनाइ छ । उनले धरानमा आफूले तीन हजार धारा थपिसकेको तर सहरीकरण बढ्दा माग पनि उतिकै बढेको बताए ।यस्तै प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल्डसाइट’ बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

दमकमा खाद्य /दाना सम्बन्धी नयाँ मापदण्डबारे अन्तरक्रिया सम्पन्न
१६ बैसाख,दमक ।झापाको दमकमा खाद्य /दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि

शिक्षक अन्दोलन — झापाका १५ वटै पालिकामा विरोध र्याली र प्रर्दशन
झापा /शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन

झापा कारकागारमा एक कैदीको मृत्यु
९ बैसाख,झापा । झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । इलाम
प्रतिकृया दिनुहोस