• ON AIRन्यू हिन्दी फिल्मी गीत
  • UP NEXTपाथीभरा समाचार

आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल हुँदै

pathibharafm

आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लब खेल्दैछन् ।

खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । उसले फाइनलमा मनाङ मर्स्याङ्दी  क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । साविक विजेता संकटा क्लबलाई हराउँदै मछिन्द्र आहा रारा गोल्डकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

एपीएफले बीवाईएससी मिनेसोटा यूएसएलाई हराउँदै अन्तिम चारमा पुगेको हो । आजदेखि स्वास्थ्यका मापदण्डको पूर्ण पालनासहित सीमित दर्शकलाई पनि प्रवेश दिने तयारी छ । प्रतियोगितामा १० टोली सहभागी छन् । फाइनल खेल शनिवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस
pathibharafm

झापाका अग्रज पत्रकार तथा हास्यव्यङ्ग्य लेखक नकुल काजी सम्मानित

झापा, २३ मंसिर २०८० । भद्रपुर स्थित मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षले झापाका अग्रज पत्रकार तथा हास्यव्यङ्ग्य लेखक नकुल काजीलाई

pathibharafm

गोपी दाहालको नयाँ गीत ‘ए हावा’ दर्शक माझ (भिडियो सहित )

मेरिकी भाषी भुटनीज नेपाली गीतकार गोपी दाहालको  नया गीत ‘ ए हावा’ दर्शक माझ आएको छ । आफुले रचना गरेका गीतको अनेकन भिडियो बनाउँदा अरुलाई अवसर

आज २०७ औं भानुजयन्ती

आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती आज मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को