• ON AIRनेपाली पप गीत
  • UP NEXTनेपाल खवर

गोपी दाहालको नयाँ गीत ‘ए हावा’ दर्शक माझ (भिडियो सहित )

pathibharafm

मेरिकी भाषी भुटनीज नेपाली गीतकार गोपी दाहालको  नया गीत ‘ ए हावा’ दर्शक माझ आएको छ । आफुले रचना गरेका गीतको अनेकन भिडियो बनाउँदा अरुलाई अवसर दिनुभएका दाहालले सपटक भने आफ्नो गीतको भिडियोमा आफै अभिनय गर्नु भएको छ । करिब १ दशक भन्दा लामो समय देखि अमेरिका बस्दै आईरहेका गोपी दाहाल यसपटक आफै नेपाल आएर भिडियो बनाएर र आफै खेल्नु भएको हो ।  


गीतको भिडियो हिमाली जिल्ला मुस्ताङमा खिचिएको हो । सो गितको निर्देशक प्रकाश धिताल हुन भने अभिनय गोपि दाहाल र मोडल प्रिया रानी लामाको  छ ।  उत्सव दाहालको छायांकन रहेको भिडियोलाई तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका छन् । भिडियोमा अश्मी भुजेलको कोरियोग्राफी रहेको छ । 


गोपी दाहालको शब्द लेखनमा संखर थापा स्माईलको संगीत रहेको गीतमा अन्जु पन्त र कृष्ण काफ्लेले स्वर भरेका छन् ।  दर्शक श्रोताको मायाले गर्दा नै आफु यहाँ सम्मको सांगीतिक यात्रा तय गर्न सक्षम रहेको बताउँदै उनले आगामी दिन पनि साथ र सहयोगको अपेक्षा आफुले दर्शकहरुबाट गरेको उनले बताए ।

[embed]https://youtu.be/e9tM7ZUbKsg[/embed]

अमेरिकाको बसाई दिन रातको मेहेनत र व्यस्तता संगै नेपाली सांगीतिक क्षेत्रमा टिकिरहनु गोपी दाहालको अथक प्रयास प्रशंसा योग्य नै रहेको छ । उनि धेरैको लागि प्रेरणाको श्रोत समेत बनेका छन् । आफुले सकुन्जेल नै यो यात्रा जारी राख्ने गीतकार गोपी दाहाल बिश्वास ब्यक्त गर्दछन् ।

प्रतिकृया दिनुहोस
pathibharafm

झापाका अग्रज पत्रकार तथा हास्यव्यङ्ग्य लेखक नकुल काजी सम्मानित

झापा, २३ मंसिर २०८० । भद्रपुर स्थित मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षले झापाका अग्रज पत्रकार तथा हास्यव्यङ्ग्य लेखक नकुल काजीलाई

pathibharafm

आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल हुँदै

आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लब खेल्दैछन्

आज २०७ औं भानुजयन्ती

आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती आज मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को