• ON AIRन्यू हिन्दी फिल्मी गीत
  • UP NEXTपाथीभरा समाचार

झापाका अग्रज पत्रकार तथा हास्यव्यङ्ग्य लेखक नकुल काजी सम्मानित

pathibharafm

झापा, २३ मंसिर २०८० । भद्रपुर स्थित मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षले झापाका अग्रज पत्रकार तथा हास्यव्यङ्ग्य लेखक नकुल काजीलाई स्रष्टा सम्मानबाट सम्मानित गरेको छ । हास्यव्यङ्ग्य विषयक विचार गोष्ठी तथा हास्यव्यङ्ग्य कविता वाचन कार्यक्रमको अवसरमा अग्रज पत्रकार तथा साहित्यका स्रष्टा काजीलाई सम्मान गरिएको हो ।

मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षका प्रमुख गङ्गाप्रसाद अधिकारीको अध्यक्षता तथा क्याम्पस प्रमुख जीवन पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेची क्याम्पसका पूर्व सहप्राध्यापक चूडामणि वशिष्ठले हास्यव्यङ्ग्य सिर्जनाका सीप र शैली विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली हास्यव्यङ्ग्य लेखनको विगतदेखि वर्तमानसम्मको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

यस्तै कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व सहप्राध्यापक तथा हास्यव्यङ्ग्यकार होमनाथ सुवेदीले समयक्रम अनुसार हास्यव्यङ्ग्य सिर्जना परिमार्जन हुनु पर्ने धारणा राखेका थिए ।

लक्ष्मी पौडेलले सञ्चालन गरेको कार्यक्रममा झापाका विभिन्न हास्यव्यङ्ग्य कवि कवयित्रीले हास्यव्यङ्ग्य कविता प्रस्तुत गर्दै वर्तमान नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकृतिमाथि प्रहार गरेका थिए ।

 

प्रतिकृया दिनुहोस
pathibharafm

गोपी दाहालको नयाँ गीत ‘ए हावा’ दर्शक माझ (भिडियो सहित )

मेरिकी भाषी भुटनीज नेपाली गीतकार गोपी दाहालको  नया गीत ‘ ए हावा’ दर्शक माझ आएको छ । आफुले रचना गरेका गीतको अनेकन भिडियो बनाउँदा अरुलाई अवसर

pathibharafm

आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल हुँदै

आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लब खेल्दैछन्

आज २०७ औं भानुजयन्ती

आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती आज मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को