‘इन्डियन आइडल’ बाट नेपाली गायिका मेनुका पौडेल बाहिरिइन्

झापा, २२ माघ २०८० । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन १४ को दौडबाट नेपाली गायिका मेनुका पौडेल बाहिरिएकी छन् । पारिवारिक स्रोतका अनुसार उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् ।
उनीसँगै अर्का प्रतिस्पर्धी उत्पाल दत्त पनि बाहिरिएका छन् । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले उनको गायकीको मुक्तकण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई ‘दोस्रो लता मंगेश्कर’ भनी प्रशंसा गर्नेहरू पनि थिए । तर, उनी बाहिरिएपछि निर्णायकहरू पनि दुःखी बनेका छन् ।
मेनुका आज घर फर्किंदैछिन्। मुम्बईबाट बिहान साढे १० बजे उनी बागडोगरा विमानस्थल ओर्लिने छिन् । मेनुकालाई बाजागाजासहित स्वागत सम्मान गर्न उनका प्रशंसकसहितको टोली बागडोगरा विमानस्थल जाने कार्यक्रम छ । इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउने काम गरेको भन्दै मेनुकालाई गृहपालिका हल्दिवारी, सप्तक सङ्गीत विद्यालय झापा लगायतका सङ्घसंस्थाले सम्मान गर्ने कार्यक्रम तय गरेका छन् ।

दर्शकको मायाले मख्ख 'एञ्जिला'
१७ चैत्र दमक /नेपाली महिला फूटबल टोलिकी कप्तान ताथ गोलकिपर एञ्जिला तुम्बापो लिम्बुको जीबन संघर्षमा बनेको बायोपिक चलचित्र अञ्जिला अहिले देशभर

शिबरात्रीमा झापामा कर्मा र कुटुम्बको धमाका हुने
२२ माघ,कमल / इभेन्ट म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (ईमान) कोशी प्रदेशको आयोजनामा कर्मा लाईभ इन कन्सर्ट तथा कुटुम्ब सांगीतिक कार्यक्रम आयोजना

भोलीदेखि हुने याक्थुङ साम्लो महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा
दमक — फक्ताङलुङ सांस्कृतिक मञ्चको आयोजनामा भोलिदेखि दमकको पशुहाटमा हुनगईरहेको याक्थुङ साम्लो महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । दमकको
प्रतिकृया दिनुहोस