• ON AIRनेपाली लोकदोहोरी र फिल्मी गीत
  • UP NEXTनेपाल खबर

आज शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार

दमक,फागुन २१ 
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। सरकारले ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ। ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो। नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन्।

मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व हो ग्याल्पो ल्होसार। नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५१ औँ ग्याल्पो ल्होसार आज बाघ वर्षलाई बिदाइ गरी खरायो वर्षलाई स्वागत गर्छन्। ल्होसार शब्दले नयाँ वर्ष बुझाउँछ।

ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरेर भव्यरुपमा मनाउने परम्परा शेर्पा समुदायमा छ। ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लासँगै भारत, भुटानलगायत विभिन्न देशमा मनाइन्छ। शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला र देश बढेका छन्।

आज बौद्ध स्तूप र शेर्पा सेवा केन्द्रमा पूजाआजा गरिन्छ। पूजा आराधनासँगै शेर्पा समुदायको सांस्कृतिक नाच एवं वेशभूषा प्रदर्शन हुने गरी कार्यक्रमको आयोजना गरिन्छ।

ग्याल्पो ल्होसार शेर्पा समुदायले विविध कार्यक्रम आयोजना गरी १५ दिन अर्थात् फागुन शुक्ल पूर्णिमासम्म मनाउँछन्।

प्रतिकृया दिनुहोस
pathibharafm

सहकारीमा चोरी गर्ने गिरोह समातियो, सार्वजनिक गर्ने तयारी

बिर्तामोड । झापाका एक दर्जनभन्दा बढी सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । आज इटहरीबाट ६ जनाको समूहलाई पक्राउ

pathibharafm

दमकमा महिला लागुऔषध दुर्व्यसनीका लागि पुनर्स्थापना केन्द्र सञ्चालन

झापा,चैत्र १९ झापाको दमकमा शान्तभाब फाउण्डेश तथा महिला पुर्नस्थापना केन्द्रको औपचारिक शुरुवात गरिएको छ । दमक ६ स्थित कार्यलयको भवनमा एक

pathibharafm

झुम्का कारागारभित्र बन्दी जीवन बिताइरहेका ४२ वर्षीय राईको मृत्यु

झापा,चैत्र १८ सुनसरीको झुम्का कारागारभित्र बन्दी जीवन बिताइरहेका ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ। पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान