• ON AIRनेपाल खबर
  • UP NEXTन्यू नेपाली पप रिमिक्स र न्यू हिन्दी गीत

एसइईको सबै तयारी पूरा, २ हजार ५७ परीक्षा केन्द्र निर्धारण

pathibharafm


काठमाडौ, ६ चैत्र 
राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ गते शुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यस वर्षको एसइई परीक्षाका लागि देशभर २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ। चैत १५ गते शुरु भई २७ गते सकिने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।

उनका अनुसार यसवर्ष देशभरि करिब ५ लाख विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन्। यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए।

परीक्षाका लागि बोर्डले ५ लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। ५ लाख ४ हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको सङ्ख्या घट्न सक्ने उनले बताए।

पौडेलले परीक्षाका लागि आवश्यक प्रश्नपत्र बोर्डले देशभरिका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बताउँदै काठमाडौँ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जानकारी दिए।

‘प्रत्येक विषयको परीक्षाका दिन परीक्षा शुरु हुनु केही समयअगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइनेछ,’ उनले भने।

परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको बताए। उनका अनुसार आवश्यक बजेट सातवटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ। 

नेपालबाहिर जापानमा बसेका नेपाली विद्यार्थीले यस वर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन्। बोर्डले यस वर्षको परीक्षाका लागि एउटा परीक्षा केन्द्र निर्धारण गरेको छ। जापानबाट २३ जना विद्यार्थीले एसइई दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए।

प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष १र१, ३ सय विद्यार्थी रहेको केन्द्रमा २ सहायक केन्द्राध्यक्ष, २ विद्यार्थी बराबर एक निरीक्षक, १५० देखि २ सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा २ सहयोगी खटाइने उनको भनाइ छ।

परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो। यस वर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको जनाएको छ। 

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यसवर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसइई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए।  

परीक्षार्थीले सैद्धान्तिक विषयमा कम्तीमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने भन्दै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ अंक र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अंक ल्याउनुपर्ने उनले बताए।  परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनु पर्नेछ।

३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष २ विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए। उनका अनुसार विद्यार्थीले ३ पटकसम्म २ विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन्।

प्रतिकृया दिनुहोस
pathibharafm

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ, ५ वैशाख निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी  आचारसंहिताविपरीत सामाजिक सञ्जाल

pathibharafm

आज रामनवमी, भगवान श्रीरामको पूजा आराधना गरी राम नवमी पर्व मनाइँदै

काठमाडौँ आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र

pathibharafm

नयाँ वर्ष २०८१ आजबाट सुरु, शुभकामना आदानप्रदान गरी मनाइदै

काठमाडौं । आजबाट विक्रम संवत २०८१आरम्भ भएको छ । आज नयाँ सालको पहिलो दिन वैशाख १ गते नेपालमा नयाँ वर्ष मनाइदैंछ । वर्षको पहिलो दिनका अवसरमा आपसमा