• ON AIRन्यू नेपाली पप रिमिक्स र न्यू हिन्दी गीत
  • UP NEXTपाथीभरा समाचार

इलाम २ मा रास्वपाको उम्मेद्धारी मिलन लिम्बु

झापा,चैत्र १५ 

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन लिम्बूलाई टिकट दिएको छ।

बुधबार मात्रै प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरिएका ६ वटा नाममध्ये भर्खरै नेकपा माओवादी केन्द्र छाडेका लिम्बूलाई रास्वपाले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो। 

‘इलाम २ का लागि प्राइमरी इलेक्सनको सूचीमा राखिएका ६ जनालाई बोलाएर छलफल गरेका थियौँ’, रास्वपा उच्च स्रोतले भन्यो, ‘उक्त छलफलपछि मिलन लिम्बूलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको छ।’
लिम्बू नेकपा माओवादी केन्द्र त्यागेर स्वतन्त्र उम्मेदवारीको तयारीमा थिए। तर रास्वपा सभापति रवि लामिछानेले उनलाई इलाम २ को टिकट दिने बचनसहित संवाद गरेका थिए।
गत निर्बाचनमा नेकपा एमालेबाट निर्बाचित सुबास नेम्बाङको गत भदौ २६ मा निधनपछि सो क्षेत्रमा उपनिर्बान हुदैछ ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज

चैत्र २४,झापा  प्रतिनिधि सभा सदस्य इलाम–२ र प्रदेश सभा सदस्य बझाङ–१ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ

pathibharafm

केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण प्रदेशका सरकार संकटमा

काठमाडौं । केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण प्रदेशका सरकार पनि फेरिन पुगेका छन् । छिटोछिटो सरकार परिवर्तन हुदा जनजीविका र विकासका मुद्धा

pathibharafm

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते

झापा,चैत्र २१  राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको