• ON AIRधार्मीक भजनहरु
  • UP NEXTकायाकैरन

मोरङमा बसको ठक्करले एकको मृत्यु,एक घाईते 

pathibharafm

झापा,चैत्र १६
मोरङको कानेपोखरी ७ स्थित पुर्ब पश्चिम राजमार्गमा यात्रुबहाक बसको ठक्करबाट एकको मृत्यु भएको छ ।एक घाईत भए(का छन् ।

बिहिबार राती करिब ८ बजे झापाबाट इटहरी तर्फ जादै गरेको मे १ ख ३३७२ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको प्र१–०२–०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा  इटहरी उपमहानगरपालिका  की ४४ बर्षिया मन्जु कटुवालको मृत्यु भएको ट्राफिक प्रहरीले बताएको छ  ।
मोटरसाइकल चालक मञ्जुका २१ बर्षिया छोरा अमित कटुवाल पनि गम्भिर घाईते भएका छन । दुर्घटनापछि उपचारका लागि न्यूरो अस्पताल विराटनगर पुरयाइएकी मञ्जुलाई तत्कालै करिब साढे ९ बजे चिकित्सकहरुले मृत घोषणा गरेका हुन । दुर्घटनामा संलग्न बसका चालक जिल्ला मोरङ पथरीशनिश्चरे २ का ३७ बर्षिय टेक बहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस
pathibharafm

सहकारीमा चोरी गर्ने गिरोह समातियो, सार्वजनिक गर्ने तयारी

बिर्तामोड । झापाका एक दर्जनभन्दा बढी सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । आज इटहरीबाट ६ जनाको समूहलाई पक्राउ

pathibharafm

दमकमा महिला लागुऔषध दुर्व्यसनीका लागि पुनर्स्थापना केन्द्र सञ्चालन

झापा,चैत्र १९ झापाको दमकमा शान्तभाब फाउण्डेश तथा महिला पुर्नस्थापना केन्द्रको औपचारिक शुरुवात गरिएको छ । दमक ६ स्थित कार्यलयको भवनमा एक

pathibharafm

झुम्का कारागारभित्र बन्दी जीवन बिताइरहेका ४२ वर्षीय राईको मृत्यु

झापा,चैत्र १८ सुनसरीको झुम्का कारागारभित्र बन्दी जीवन बिताइरहेका ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ। पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान