• ON AIRसु–समाचार सबैका लागि
  • UP NEXTपाथीभरा स्थानीय समाचार

राष्ट्रियसभा उपाध्यक्षमा एमाले समाजवादी दुवैको दाबी यथावत

pathibharafm

काठमाडौँ,चैत्र १७ 
माओवादी केन्द्रबाटै नारायण दाहाल राष्ट्रियसभाको अध्यक्ष भएपछि माओवादीबाटै उपाध्यक्ष रहेका उर्मिला अर्यालले बिहीबार पदबाट राजीनामा दिइन्।

अध्यक्ष, उपाध्यक्ष फरक दलको हुनुपर्ने मान्यता र सत्ता गठबन्धनमा भएका दलहरुबीचको सहमतिअनुसार माओवादीकी अर्यालले दिएको राजीनामा शुक्रबार स्वीकृत भएको छ।
उपाध्यक्ष पद खाली भएसँगै अब सत्ता गठबन्धनमा रहेका एमाले र एकीकृत समाजवादीबीच हानाथाप सुरु भएको छ। पद रिक्त भएको १५ दिनभित्र छान्नुपर्ने राष्ट्रियसभा नियमावली २०८० को व्यवस्था छ।

फागुन २१ गते एमाले, माओवादी, रास्वपा र जसपाको मात्रै गठबन्धन हुँदा चार दलबीच भएको आठ सहमितमा राष्ट्रियसभाको उपाध्यक्ष एमालेबाट हुने भन्ने उल्लेख थियो। सत्ता गठबन्धनमा समाजवादीको प्रवेशसँगै फागुन २९ गते उक्त समझदारी सात बुँदामा झर्यो।

एमालेले उपाध्यक्ष पाउने कुरा समाजवादीका अध्यक्ष माधव नेपालको हस्ताक्षरसँगै हट्यो। सत्ता गठबन्धन चार दलबाट पाँच बनेसँगै उपाध्यक्षमा एकीकृत समाजवादीको दाबी थपियो, एमालेको याथवतै छ।

अर्यालले राजीनामा दिए पनि शीर्ष नेतृत्व तहमा कुन दलले पाउने भन्ने टुंगो लागि नसकेको माओवादीका राष्ट्रियसभा सांसद गोपी अछामीले बताए। उनले देश सञ्चारसँग भने, ‘कुन दलबाट उपाध्याक्ष हुने भन्ने ठोस नेतृत्व तहमा सहमति बुझिदैन। एमाले र एकीकृत समाजवादीको दाबी देखिन्छ। त्यसमा माओवादीले समन्वयन गर्छ।’

राष्ट्रियसभामा एमाले प्रमुख सचेतक भगवती नेपालले आफ्नो दलले नै उपाध्यक्ष पाउने दाबी गरिन्। ‘एमालेबाट उपाध्यक्ष हुने पक्का हो। तर हामीबाट को हुने भन्ने टुंगो लागिसकेको छैन, उनले भनिन्।

एकीकृत समाजवादीकी राष्ट्रियसभा सदस्य जयन्ती राईले पनि उपाध्यक्षमा आफ्नो दलको दाबी रहेको बताइन्। राईले भनिन्, ‘निणर्य नै भइसकेको छैन। तर हाम्रो पार्टीले उपाध्यक्ष पाउनुपर्छ।’

५९ सदस्यीय राष्ट्रियसभामा माओवादीबाट १७, कांग्रेसका १६, एमालेका १० र एकीकृत समाजवादीबाट ८ जना सांसद छन्। जसपाका ३, लोसपा, जनमोर्चा, स्वतन्त्र र राष्ट्रपतिबाट मनोनीत दुई जना सांसद छन्। अध्यक्ष दाहाल मनोनितबाट राष्ट्रियसभा सदस्य भएका हुन्।

प्रतिकृया दिनुहोस
pathibharafm

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज

चैत्र २४,झापा  प्रतिनिधि सभा सदस्य इलाम–२ र प्रदेश सभा सदस्य बझाङ–१ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ

pathibharafm

केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण प्रदेशका सरकार संकटमा

काठमाडौं । केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण प्रदेशका सरकार पनि फेरिन पुगेका छन् । छिटोछिटो सरकार परिवर्तन हुदा जनजीविका र विकासका मुद्धा

pathibharafm

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते

झापा,चैत्र २१  राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको