• ON AIRनेपाली फिल्मी लभ गीत
  • UP NEXTलोक कुञ्ज (देब)

दमक फूडफेस्टिवल चैत्र २३ देखि

pathibharafm


दमक,चैत्र १८
झापाको दमकमा यहि चैत्र २३ देखि बैशाख ४ गतेसम्म दशौं दमक फूड फेस्टिवल–२०८० हुने भएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा हुने  फूडफेस्टिवल सम्पन्न गर्न  तयारी तीव्र पारिएको संघका अध्यक्ष योगराज दंगालले बताए ।
संघले दमकमा पत्रकार सम्मेलन गरि दशौं संस्करणका रुपमा रहेको यस फेस्टिवल सम्पन्न गर्न धमाधम तयारी तीव्र पारिएको उहाँले जानकारी दिए । दमक–७ स्थित पशुहाट मैदानमा हुने सो फेस्टिवलमा करिव १ लाख सर्वसाधारणले अवलोकन गर्ने तथा त्यसबाट रु ५० लाख बढीको कारोवार हुने अनुमान गरिएको संघका कोशी प्रदेश अध्यक्ष राजन दङगालले बताए ।
फेस्टिवलमा स्थानीय आदिवासी राजवंशी,ताजपुरिया,धिमाल,राई,लिम्बू,गुरुङ लगायतका जनजातिका दुई दर्जन बढी खाद्य परिकारका स्टलहरु रहने छन् भने दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने जनाईएको छ ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

सहकारीमा चोरी गर्ने गिरोह समातियो, सार्वजनिक गर्ने तयारी

बिर्तामोड । झापाका एक दर्जनभन्दा बढी सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । आज इटहरीबाट ६ जनाको समूहलाई पक्राउ

pathibharafm

दमकमा महिला लागुऔषध दुर्व्यसनीका लागि पुनर्स्थापना केन्द्र सञ्चालन

झापा,चैत्र १९ झापाको दमकमा शान्तभाब फाउण्डेश तथा महिला पुर्नस्थापना केन्द्रको औपचारिक शुरुवात गरिएको छ । दमक ६ स्थित कार्यलयको भवनमा एक

pathibharafm

झुम्का कारागारभित्र बन्दी जीवन बिताइरहेका ४२ वर्षीय राईको मृत्यु

झापा,चैत्र १८ सुनसरीको झुम्का कारागारभित्र बन्दी जीवन बिताइरहेका ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ। पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान