• ON AIRहिन्दी कभर गीत
  • UP NEXTपाथीभरा समाचार

उप— निर्वाचनका लागि तोकियो मुख्य निर्वाचन अधिकृत

ईलाम,चैत्र २१
इलाम क्षेत्र— २ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार चैत २२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। त्यसै दिन मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ। चैत २४ मा उम्मेदवारी मनोनयन दर्ता गरिँदैछ। निर्वाचनका लागि आवश्यक सामग्री काठमाडौंबाट चैत २३ सम्ममा आइपुग्ने कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले बाँकी सामग्री खरिद प्रक्रिया पनि अघि बढाइएको बताए।

निर्वाचनमा खटिने कर्मचारीको नामावली संकलन भइसकेको छ। यो क्षेत्रमा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र छन्। यी केन्द्रमा आठ सय ९४ कर्मचारी खटाइँदै छन्। चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न वितरणको कार्यक्रम छ। चैत २८ देखि वैशाख १२ सम्म प्रचार अवधि तोकिएको छ। वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ। उपनिर्वाचनका लागि आयोगमा २० दल दर्ता भएका छन्।संविधानसभा अध्यक्ष तथा नेकपा ९एमाले० उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ २०७९ सालको निर्वाचनमा इलाम क्षेत्र(२ बाट निर्वाचित थिए। उनको गत भदौ २६ मा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

प्रतिकृया दिनुहोस
pathibharafm

कांग्रेसको  निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

झापा । नेपाली कांग्रेसको निरन्तर सदन अवरोध पछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । दोस्रो पटक पनि बैठकमा निरन्तर कांग्रेसले नाराबाजी गरेपछि बैठक

pathibharafm

कोशीका नवनियुक्त मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए शपथ

झापा ।  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिएका छन् । त्यसैगरी एमाले सांसद राम राना र

pathibharafm

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त

झापा । कोशी प्रदेशका मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ ।  कार्कीलाई समर्थन गरेका ५२ जना सांसदको