• ON AIR
  • UP NEXT

उप— निर्वाचनका लागि तोकियो मुख्य निर्वाचन अधिकृत

ईलाम,चैत्र २१
इलाम क्षेत्र— २ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार चैत २२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। त्यसै दिन मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ। चैत २४ मा उम्मेदवारी मनोनयन दर्ता गरिँदैछ। निर्वाचनका लागि आवश्यक सामग्री काठमाडौंबाट चैत २३ सम्ममा आइपुग्ने कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले बाँकी सामग्री खरिद प्रक्रिया पनि अघि बढाइएको बताए।

निर्वाचनमा खटिने कर्मचारीको नामावली संकलन भइसकेको छ। यो क्षेत्रमा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र छन्। यी केन्द्रमा आठ सय ९४ कर्मचारी खटाइँदै छन्। चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न वितरणको कार्यक्रम छ। चैत २८ देखि वैशाख १२ सम्म प्रचार अवधि तोकिएको छ। वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ। उपनिर्वाचनका लागि आयोगमा २० दल दर्ता भएका छन्।संविधानसभा अध्यक्ष तथा नेकपा ९एमाले० उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ २०७९ सालको निर्वाचनमा इलाम क्षेत्र(२ बाट निर्वाचित थिए। उनको गत भदौ २६ मा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

प्रतिकृया दिनुहोस
pathibharafm

आज लोकतन्त्र दिवस 

११ बैसाख,झापा /आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली

pathibharafm

सङ्घीय संसद्को उद्योग, व्यापार र उपभोक्ता हित समितिद्वारा झापाका  सरोकारवालासँग छलफल

  २६ चैत्र झापा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग

pathibharafm

रास्वपा दमकको नया नेतृत्व चयन,सभापतिमा लामिछाने निर्बाचित 

२५ चैत्र दमक /राष्ट्रिय स्वतन्त्र पार्टी दमकको नयाँ नेतृत्व चयन भएको छ ।शनिबार सम्पन्न पहिलो नगर अधिबेशनको निर्बाचनबाट सभापतिमा तिर्थ दामिछाने