• ON AIRकार्यक्रम खुल्ला मंच ( दीपक ओली )
  • UP NEXTपाथीभरा समाचार

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज

pathibharafm

चैत्र २४,झापा 
प्रतिनिधि सभा सदस्य इलाम–२ र प्रदेश सभा सदस्य बझाङ–१ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ–१ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा आगामी २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।
इलाम र बझाङको चैनपुरमा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । निर्वाचन आयोगका अनुसार ती दुवै क्षेत्रको मनोनयन दर्ता सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा हुने छ । मनोनयनपत्र दर्ता बिहान १० देखि ५ बजेसम्म हुने कार्यक्रम छ ।
आयोगले प्रकाशित गरेको निर्वाचन कार्यक्रम अनुसार चैत २४ गते उम्मेदवारी दर्ता र उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन हुने छ । उम्मेदवारी दर्ता भएको भोलिपल्ट चैत २५ उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ ।
त्यसैगरी चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने छ ।


उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारणः

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण गरेको छ ।
देशभरमा १० हजार आठ सय ९२ मतदान केन्द्र स्वीकृत भएको र उपनिर्वाचनअन्तर्गत इलाम जिल्ला प्रतिनिधिसभा सदस्य क्षेत्र नं २ का लागि ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ ।


 

प्रतिकृया दिनुहोस
pathibharafm

राजनीतिक लाभका लागि असम्भव योजना घोषणा नगरौं : सांसद डाँगी

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगर्न सरकारलाई आग्रह गरेकी छन् । बिहीबार

pathibharafm

आगामी आर्थिक बर्षको बजेट प्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टि 

झापा । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

एमाले दमक नगर कमिटीको अध्यक्षमा राम पौडेल विजयी 

झापा । नेकपा एमाले दमक नगर कमिटीको अध्यक्षमा राम पौडेल विजयी हुनु भएको छ । पाँचजना प्रत्यासीका बीच भएको निर्वाचनमा पौडेलले १६५ मत ल्याएर विजयी हुनु