• ON AIRनेपाली बाल गीतहरु
  • UP NEXTन्यू हिन्दी फिल्मी गीत

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त

pathibharafm

झापा ।

कोशी प्रदेशका मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । 

कार्कीलाई समर्थन गरेका ५२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख परशुराम खापुङले सनाखत गरेसँगै उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।


कार्कीको आजै शपथ ग्रहण हुने भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत सदस्यहरुको समर्थन रहेको दाबी कार्कीले गर्नुभएको थियो । यसअघि कोशी प्रदेशसभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो ।

तर विश्वासको मत नलिएको लगायत कारण देखाउँदै अर्को सरकार गठनको प्रक्रिया शुरु गरिएको थियो । यसैबीच, प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गर्नु भएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार अन्तिम विकल्पको सरकार भएको र दुई वर्षसम्म कसैले अविश्वासको प्रस्तावसम्म पेस गर्न नसक्ने मुख्यमन्त्री कार्कीले दाबी गर्दै आउनु भएको छ ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

२८ असार,काठमाडौ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान

pathibharafm

कोशी प्रदेशमा सरकार पुनर्गठनको तयारी

२५ असार,बिराटनगर ।केन्द्रमा भएको नयाँ सत्ता समीकरणअनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन गर्ने तयारी गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री