• ON AIRनेपाल दर्पण
  • UP NEXTनेपाली आधुनिक गीत संगीत

बाढीपहिरोले देशभरका १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध,१४ सडकखण्ड एकतर्फी सञ्चालनमा

pathibharafm

२५ असार,काठमाडौ ।भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ। 
पछिल्लो विवरणअनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फी रूपमा सडक सञ्चालनमा ल्याइएको छ। ती सडकका पहिरो पन्छाएर तथा खोलेको बाटो मर्मत गरेर एकतर्फी सञ्चालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत÷दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द छ। 
त्यस्तै रोल्पाको सहिद राजमार्ग, रिडि÷बाग्लुङ सडकखण्ड, स्याउलीवास÷बाग्दुम्ला, चामे÷बेँसीशहरलगायतका सडकखण्ड अवरुद्ध रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यस्तै सङ्खुवासभाको कोशी राजमार्ग पनि बन्द नै रहेको जनाइएको छ। 
पहिराका कारण अवरुद्ध म्याग्दीको बेनी÷दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । अन्य विभिन्न जिल्लाका १४ स्थानमा पूर्णरूपमा अवरुद्ध रहेकामा एकतर्फी सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले विवरण सार्वजनिक गरेको छ। प्रहरीका अनुसार विभिन्न २७ जिल्लाका सडकमा विपद्बाट प्रत्यक्ष असर पुगेको छ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

आगामी तीन दिन भारी वर्षा हुने,४३ जिल्ला उच्च जोखिममा

२६ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गर्दै उच्च

pathibharafm

सरकारद्धारा धानको समर्थन मूल्य निर्धारण

२१ असार,काठमाडौ । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको  छ।  बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको

नक्कली भुटानी शरणार्थी प्रकरण :प्रतीक थापालाई जेल चलानको आदेश

१८ असार,काठमाडौ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई अदालतले पुर्पक्षका