कोशी प्रदेशमा सरकार पुनर्गठनको तयारी

२५ असार,बिराटनगर ।केन्द्रमा भएको नयाँ सत्ता समीकरणअनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन गर्ने तयारी गरिएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रमा २८ गते नयाँ समीकरणअनुसार नयाँ सरकार बनेपछि त्यसको असर र प्रभावअनुसार कोशी प्रदेशमा सरकार पुनर्गठन हुने बताए।
सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्कालै कसैलाई सरकारबाट हटाउने आफ्नो चाहना नभए पनि केन्द्रमा नयाँ समीकरण बनेपछि कोशी प्रदेशमा पनि नेपाली कांग्रेससहितको सरकार बन्ने बताए।
मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउने आफ्नो प्रयास भए पनि केन्द्रको समीकरणअनुसार नै प्रदेशमा सरकार बन्ने बताए। नयाँ समीकरणअनुसार सरकार बनेपनि प्रदेशमा रहेका मन्त्रालयको संख्या नबढाइने उनको भनाइ छ।
कोशी प्रदेशमा गत बैशाख २७ गते माओवादी केन्द्रका १३ जना सांसदहरूको समर्थनमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बनेका थिए। १० सदस्यीय कोशी प्रदेश सरकारमा एमालेबाहेक माओवादीका ३ जना मन्त्री र एक जना राज्यमन्त्री छन्।

आज लोकतन्त्र दिवस
११ बैसाख,झापा /आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली

सङ्घीय संसद्को उद्योग, व्यापार र उपभोक्ता हित समितिद्वारा झापाका सरोकारवालासँग छलफल
२६ चैत्र झापा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग

रास्वपा दमकको नया नेतृत्व चयन,सभापतिमा लामिछाने निर्बाचित
२५ चैत्र दमक /राष्ट्रिय स्वतन्त्र पार्टी दमकको नयाँ नेतृत्व चयन भएको छ ।शनिबार सम्पन्न पहिलो नगर अधिबेशनको निर्बाचनबाट सभापतिमा तिर्थ दामिछाने
प्रतिकृया दिनुहोस