• ON AIRस्वर्णीम प्रभात (देब)
  • UP NEXTनेपाल खवर

कांग्रेसको  निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

pathibharafm


झापा ।
नेपाली कांग्रेसको निरन्तर सदन अवरोध पछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । दोस्रो पटक पनि बैठकमा निरन्तर कांग्रेसले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो ।

अर्को जेठ १ गते बेलुका ६ बजेसम्मका लागि स्थगित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।  उनले कार्यसूचीबाट सबै कार्यक्रम हटाएको भन्दै बैठक जेठ १ गते बस्ने जानकारी गराए ।


सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै कांग्रेसले छानबिन समिति बनाउन माग गरिरहेको छ ।

हिउँदे अधिवेशनमा पनि कांग्रेसले लामिछानेमाथि समिति बनाएर छानबिन गर्नुपर्ने भन्दै निरन्तर प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो ।


त्यसपछि बजेट अधिवेशनको तयारी हुन चाहिने समयभन्दा एक साताअगाडि नै हिउँदे अधिवेशन सरकारले अन्त्य गरेको थियो ।

बजेट अधिवेशनको सुरु दिनमै कांग्रेसले अवरोध गरेको भन्दै सत्ता पक्षका संसद् रिसाएका छन् ।

कांग्रेस गृहमन्त्री माथि छानबिन समिति नबनेसम्म ब्याग नहुने अडान लिइरहेको छ । तर सत्ता पक्ष व्यक्तिका नाममा  छानबिन समिति बन्न नसक्ने तर्क गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

नेकपा एस झापाका ७० नेता तथा कार्यकर्ता एमालेमा प्रबेश

४ भदौ,झापा ।झापामा नेकपा एकिकृत समाजवादी परित्याग गरि ठूलो संख्यामा नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एकिकृत समाजवादीका राष्ट्रिय परिषद्

pathibharafm

एमाले दमक ५ को अध्यक्षमा किरण उप्रेति निर्वाचित

१ भदौ,दमक नेकपा एमाले दमक ५ वडा कमिटीको निर्वाचन मार्फत नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न निर्वाचनमा खड्ग भण्डारीलाई पराजित गर्दै किरण उप्रेति

pathibharafm

एमाले दमक- ५ को दोस्रो अधिबेशन शुरु

३२ साउन,दमक ।नेकपा एमाले दमक ५वडा कमिटीको दोस्रो अधिबेशन शुरु भएको छ । दमक ५ स्थित मारवाडी सेवा समितिको भवनमा अधिबेशनको उद्घाटन सत्र सकिएर बन्द