नेकपा एस झापाका ७० नेता तथा कार्यकर्ता एमालेमा प्रबेश
४ भदौ,झापा ।झापामा नेकपा एकिकृत समाजवादी परित्याग गरि ठूलो संख्यामा नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एकिकृत समाजवादीका राष्ट्रिय परिषद् सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी, दमक नगर कमिटीमा पूर्व अध्यक्ष महेश घिमिरे, अध्यक्ष रोशन भण्डारी सहितका नेताहरु आज एमालेका समाहित भएका हुन् । पत्रकार सम्मेलन गरेर उनीहरु एमालेमा प्रवेश गरेका थिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्नुभयो । उनीहरु सँगै अनेरास्ववियू दमक क्याम्पस कमिटी, अखिल फोर्स दमक सबै कमिटी नै एमालेमा समाहित भएको छ । कार्यक्रममा एसका राष्ट्रिय परिषद सदस्य दाहालले नेकपा एमालेको नेतृत्वमा मात्रै बामपन्थीको एकता सम्भव भएको बताउनुभयो । उहाँले एमालेको नेतृत्वमा मात्रै कम्युनिष्ट एकता सम्भव भएको धारणा राख्नुभयो ।
एमालेका केन्द्रीय सदस्य दिपक कार्कीले नवप्रवेशी सबै नेता कार्यकर्ताहरुलाई यथोचित जिम्मेवारी दिइने उल्लेख गरे । कार्यक्रममा नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुगेलले मुलुकको कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा समाहित हुन सबैलाई आव्हन समेत गर्नुभयो । एस दमक नगर कमिटीका पूर्व अध्यक्ष महेश घिमिरेले अब पार्टी सदस्यता नविकरणलाई अघि बढाउने र मिसन ८४ सफल बनाउनका लागि लाग्ने प्रतिबद्धता जनाएका थिए ।
दमक र कमलबाट ७० जना नेकपा एसका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए ।

आज लोकतन्त्र दिवस
११ बैसाख,झापा /आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली

सङ्घीय संसद्को उद्योग, व्यापार र उपभोक्ता हित समितिद्वारा झापाका सरोकारवालासँग छलफल
२६ चैत्र झापा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग

रास्वपा दमकको नया नेतृत्व चयन,सभापतिमा लामिछाने निर्बाचित
२५ चैत्र दमक /राष्ट्रिय स्वतन्त्र पार्टी दमकको नयाँ नेतृत्व चयन भएको छ ।शनिबार सम्पन्न पहिलो नगर अधिबेशनको निर्बाचनबाट सभापतिमा तिर्थ दामिछाने
प्रतिकृया दिनुहोस