• ON AIRपाथीभरा समाचार
  • UP NEXTनेशनल गीत

इपिएस भाषा  परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण


झापा । 

रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षाबाट पाँच हजार ७ सय ५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सन् २०२४ मा इपीएस मार्फत उत्पादनतर्फको काम गर्न जानका लागि भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए ।


भाषा र सीप परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीलाई पर्सि सोमबारदेखि जेठ ३ गतेसम्म स्वास्थ्य परीक्षण गर्ने गरी नाम नम्बर सार्वजनिक गरिएको इपीएस शाखाले जनाएको छ ।

स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगनखेल, शुक्रराज ट्रपिकल अस्पताल टेकुु, नेपाल कोरियामैत्री अस्पताल भक्तपुर र निजामती अस्पताल मीनभवन तोकिएको छ ।

पहिलो चरणको सीप परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संशोधन विभागले गएराति सार्वजनिक गरेको जनाएको छ ।

गत फागुुन २७ गते भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको मानव संशोधन विभागले बैशाख ९ गतेदेखि १५ सम्म सीप परीक्षा सञ्चालन गरेकोे थियो ।

इपीएस शाखाले कोरियन भाषा र सीप परीक्षा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने र रोजगारीको छनोट प्रव्रिmयामा सामेल हुनु रोस्टरमा सूचीकृत हुनु मात्रै भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

पहिलोपटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर

ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी पुगेका छन् । चीनको तिब्बतसँग

आज ३१औं मदन-आश्रित स्मृति दिवस

झापा । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाई

झापा । क्रिकेटर सन्दीपलामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको